• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस ६, २०८२ Sun, Dec 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेले खोजेको उत्तर : विमानस्थल पार गरेर सय किलो सुन सजिलै सिनामंगल पुग्यो कसरी?

64x64
नेपाल लाइभ सोमबार, साउन १५, २०८०  २०:२६
1140x725

काठमाडौं- एक सय किलो सुन बरामद प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरिरहेको छ। उक्त माग पूरा नहुन्जेल प्रतिनिधि सभा नियमित हुन नसक्ने एमालेको अडान कायम छ। सोही अडानका कारण सोमबारका लागि निर्धारित प्रतिनिधि सभा बैठक नै स्थगित हुनपुग्यो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही कुरा दोहोर्‍याएका थिए। सोमबार प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था समितिको बैठकमा पनि एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग कायम राखेको हो।

छानबिन समितिबाट एमालेले उत्तर खोज्ने प्रश्न हो- विमानस्थल पार गरेर सय किलो सुन सजिलै सिनामंगल पुग्यो कसरी? त्यसको उत्तर सरकारबाट आउने सम्भावना नदेखेपछि एमालेले छानबिन समितिको माग गरेको हो। एमाले आफ्नो अडानबाट पछि हट्ने संकेत नदेखेपछि सभामुख देवराज घिमिरेले मंगलबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन्।

सय किलो सुन प्रकरणमा राजश्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ। राजश्व अनुसन्धान विभागले नै उक्त सुन विमानस्थल बाहिर पक्राउ गरेको हो। गिरोहले अन्तर्राष्ट्रिय विमानस्थलका सबै सुरक्षा घेरा पार गराएपछि विशेष सूचनाका आधारमा उक्त सुन पक्राउ गरेको राजश्वले जनाएको छ।

अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विमानस्थलको भन्सार गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीभित्र रहेको सुन नियन्त्रणमा लिएको हो। क्याथे प्यासिफिक एअरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो उक्त सुन आएको थियो। सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पार्ट्सहरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरिदिएको थियो।

उक्त सुन प्रकरणमा तीन विदेशीसहित १८ जना पक्राउ परेका छन्। सुन विमानस्थलबाट बाहिरिनका लागि सहयोग गरेको आशंकामा कर्मचारी र चिनियाँ एजेन्टसँग सम्पर्क भएको आधारमा ठमेलको भियाना होटलका व्यवसायी दावा छिरिङ पक्राउ परेका छन्। जसको सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रका नेताहरुसँगसमेत उठबस देखिएको छ। व्यवसायी राकेश अकुडियालगायत शंकाको घेरामा छन्। तर, सुनका असली मालिकको पहिचान गरी पक्राउ गर्न भने विभागले सकेको छैन।

उच्चस्तरीय समिति नै किन?
यही क्रममा एमालेले छानबिन समितिको माग गरेको हो। सरकार अन्तर्गतकै निकायले जाँच गर्दा प्रभावित हुने आशंका एमालेको छ। सरकारमै रहेकाहरुको संलग्नताबिना विमानस्थलबाट सजिलै जाँचपास हुन नसक्ने एमालेको बुझाइ छ। संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङ प्रश्न गर्छन्, ‘सय किलो सुन एअरपोर्टबाट सजिलै पास भएर कसरी सिनामंगल पुग्यो? गृह मन्त्रालय र अर्थ मन्त्रालयका संरचनाहरुले किन काम गर्न सकेनन्?’

उक्त सुन पक्रिने राजश्व अनुसन्धान प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको निकाय हो। जुन विमानस्थल सुरक्षा र त्यहाँ रहेको भन्सार जस्तै नियमित निगरानी राख्ने निकाय होइन। अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेशन चलाइरहेको समयमा परेकाले पक्राउ गर्न सफल भएको हो।

Ncell 2
Ncell 2

एमाले सांसद ठाकुर गैरेले यसअघिको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि प्रश्न गरे। ‘मलाई त आशा थियो, गृहमन्त्रीले मेरो मातहतको कार्यालयले यो सुन जहाँबाट पक्रिनुपर्थ्यो। पक्रिन सकेन। त्यसकारणले यसको छानबिन नहुञ्जेलसम्म म गृहमन्त्रीको पदबाट बाहिर बस्छु भनेर गृहमन्त्रीले भन्नुहुनेछ। मलाई त आशा थियो, अर्थमन्त्रीले मेरो मातहतको कार्यालयले यो सुन पक्रिन सकेन। त्यसकारणले यसको छानबिन नहुञ्जेलसम्म अर्थमन्त्रीबाट बाहिर बस्छु,’ उनले भने।

एमालेले औपचारिक रुपमै राजीनामाको माग भने नगरेको प्रष्ट्याएको छ। उपाध्यक्ष नेम्वाङले त्यो उनीहरुकै नैतिकताको कुरा रहेको उल्लेख गरे। सरकारका दुई मन्त्रालय अन्तर्गतका निकाय र नेतृत्वमाथि नै आशंका गरेको एमालेले सरकार अन्तर्गतको निकायमाथि विश्वास गर्न सकेको छैन। ‘ठूला माछा’सम्म अनुसन्धान नपुग्ने आशंका गर्दै उच्चस्तरीय छानबिनको माग गरेको हो।

एमाले संसदीय दलका सचेचक महेश बर्तौता नेपाल तस्करको ट्रान्जिट बनिरहेको बताउँदै यसलाई गम्भीरताका साथ हेर्न छानबिन समितिको माग गरिएको बताउँछन्। उनले भने,  ‘यो प्रकरणसँगै सुनसँग जोडिएका अन्य मुद्दाहरुसमेत राखेर उच्चस्तरीय छानबिन गर्नुपर्छ। आगामी दिनमा तस्करी रोक्ने नीतिका लागि समितिले अध्ययन गरेर सुझाव पनि दिन्छ।’

संसद्कै लेखा समितिलेसमेत समिति गठनका लागि सरकारको ध्यानाकर्षण गरेको छ। एमालेको मागमा अन्य दलका सांसदहरुलेसमेत सहमति जनाएपछि उच्चस्तरीय छानबिन समिति बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णयमा समिति पुगेको हो।

एमालेले बोली फेरेको आरोप 
आइतबार र सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे। सुन प्रकरणसँगै अन्य केही विषयमा उनीहरुबीच त्यहाँ छलफल भएको थियो।

सुन प्रकरणमा गृहमन्त्रीले जवाफ दिएपछि प्रतिनिधि सभा चल्न दिइने एमालेले प्रधानमन्त्री प्रचण्डलाई बताएको सत्तापक्षीय दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक बताउँछन्। उनले भने, ‘एमाले फेरि समिति गठन गर्नैपर्ने मागमा पुग्यो। त्यसैले संसद् चल्ने अवस्था देखिएन।’

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरी भने एमालेले आफ्नो अडान कायम राखेको बताउँछन्। ‘हामीले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राखेका हौं। त्यसमा कायम छौं। सरकार तयार नभएका कारण संसद् चल्न नसकेको हो,’ उनले भने।

संसद्‌मा अवरोध सिर्जना हुने आशंकाले मंगलबारसम्मका लागि स्थगित गरिएको छ। एमालेले संसद् अवरोध गर्ने र मन्त्रीहरुको राजीनामा माग्ने औपचारिक निर्णय नगरेको नेम्वाङ बताउँछन्। १० गतेको संसद् बैठकमा जोडदार रुपमा माग उठाउँदा अवरुद्ध भएको उनको भनाइ छ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  २०:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो
आज यस्तो रहनेछ देशभरको मौसम
सम्बन्धित सामग्री
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवार... आइतबार, पुस ६, २०८२
ऋण लिएर होइन, श्रम गरेर मात्र देश बन्छ– हर्क साम्पाङ श्रम संस्कृति पार्टी रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै संयोजक साम्पाङले ऋण लिएर देश बनाउने मानसिकता गलत... शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने ‘मलाई धेरै कुरा भन्नु छ। धेरै कुरा भन्नु पनि छैन। किनकि लामो समय कारागारमा बसेँ। म माथिको मुद्दाहरूको सिलसिला सकिएको छैन। मलाई झुटा... शनिबार, पुस ५, २०८२
ताजा समाचारसबै
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन आइतबार, पुस ६, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम आइतबार, पुस ६, २०८२
कोलम्बियामा विद्रोहीको ड्रोन आक्रमणमा कम्तिमा ७ सैनिकको मृत्यु, ३० घाइते शनिबार, पुस ५, २०८२
ऋण लिएर होइन, श्रम गरेर मात्र देश बन्छ– हर्क साम्पाङ शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने शनिबार, पुस ५, २०८२
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि मापदण्ड: यौन उत्पीडनमा संलग्न अयोग्य, जेनजी अनिवार्य शनिबार, पुस ५, २०८२
रवि लामिछानेले भने- चितवनले मलाई होइन, देशलाई न्याय गर्नेछ शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्