• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेले खोजेको उत्तर : विमानस्थल पार गरेर सय किलो सुन सजिलै सिनामंगल पुग्यो कसरी?

64x64
नेपाल लाइभ सोमबार, साउन १५, २०८०  २०:२६
1140x725

काठमाडौं- एक सय किलो सुन बरामद प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरिरहेको छ। उक्त माग पूरा नहुन्जेल प्रतिनिधि सभा नियमित हुन नसक्ने एमालेको अडान कायम छ। सोही अडानका कारण सोमबारका लागि निर्धारित प्रतिनिधि सभा बैठक नै स्थगित हुनपुग्यो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही कुरा दोहोर्‍याएका थिए। सोमबार प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था समितिको बैठकमा पनि एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग कायम राखेको हो।

छानबिन समितिबाट एमालेले उत्तर खोज्ने प्रश्न हो- विमानस्थल पार गरेर सय किलो सुन सजिलै सिनामंगल पुग्यो कसरी? त्यसको उत्तर सरकारबाट आउने सम्भावना नदेखेपछि एमालेले छानबिन समितिको माग गरेको हो। एमाले आफ्नो अडानबाट पछि हट्ने संकेत नदेखेपछि सभामुख देवराज घिमिरेले मंगलबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन्।

सय किलो सुन प्रकरणमा राजश्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ। राजश्व अनुसन्धान विभागले नै उक्त सुन विमानस्थल बाहिर पक्राउ गरेको हो। गिरोहले अन्तर्राष्ट्रिय विमानस्थलका सबै सुरक्षा घेरा पार गराएपछि विशेष सूचनाका आधारमा उक्त सुन पक्राउ गरेको राजश्वले जनाएको छ।

अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विमानस्थलको भन्सार गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीभित्र रहेको सुन नियन्त्रणमा लिएको हो। क्याथे प्यासिफिक एअरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो उक्त सुन आएको थियो। सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पार्ट्सहरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरिदिएको थियो।

उक्त सुन प्रकरणमा तीन विदेशीसहित १८ जना पक्राउ परेका छन्। सुन विमानस्थलबाट बाहिरिनका लागि सहयोग गरेको आशंकामा कर्मचारी र चिनियाँ एजेन्टसँग सम्पर्क भएको आधारमा ठमेलको भियाना होटलका व्यवसायी दावा छिरिङ पक्राउ परेका छन्। जसको सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रका नेताहरुसँगसमेत उठबस देखिएको छ। व्यवसायी राकेश अकुडियालगायत शंकाको घेरामा छन्। तर, सुनका असली मालिकको पहिचान गरी पक्राउ गर्न भने विभागले सकेको छैन।

उच्चस्तरीय समिति नै किन?
यही क्रममा एमालेले छानबिन समितिको माग गरेको हो। सरकार अन्तर्गतकै निकायले जाँच गर्दा प्रभावित हुने आशंका एमालेको छ। सरकारमै रहेकाहरुको संलग्नताबिना विमानस्थलबाट सजिलै जाँचपास हुन नसक्ने एमालेको बुझाइ छ। संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङ प्रश्न गर्छन्, ‘सय किलो सुन एअरपोर्टबाट सजिलै पास भएर कसरी सिनामंगल पुग्यो? गृह मन्त्रालय र अर्थ मन्त्रालयका संरचनाहरुले किन काम गर्न सकेनन्?’

उक्त सुन पक्रिने राजश्व अनुसन्धान प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको निकाय हो। जुन विमानस्थल सुरक्षा र त्यहाँ रहेको भन्सार जस्तै नियमित निगरानी राख्ने निकाय होइन। अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेशन चलाइरहेको समयमा परेकाले पक्राउ गर्न सफल भएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

एमाले सांसद ठाकुर गैरेले यसअघिको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि प्रश्न गरे। ‘मलाई त आशा थियो, गृहमन्त्रीले मेरो मातहतको कार्यालयले यो सुन जहाँबाट पक्रिनुपर्थ्यो। पक्रिन सकेन। त्यसकारणले यसको छानबिन नहुञ्जेलसम्म म गृहमन्त्रीको पदबाट बाहिर बस्छु भनेर गृहमन्त्रीले भन्नुहुनेछ। मलाई त आशा थियो, अर्थमन्त्रीले मेरो मातहतको कार्यालयले यो सुन पक्रिन सकेन। त्यसकारणले यसको छानबिन नहुञ्जेलसम्म अर्थमन्त्रीबाट बाहिर बस्छु,’ उनले भने।

एमालेले औपचारिक रुपमै राजीनामाको माग भने नगरेको प्रष्ट्याएको छ। उपाध्यक्ष नेम्वाङले त्यो उनीहरुकै नैतिकताको कुरा रहेको उल्लेख गरे। सरकारका दुई मन्त्रालय अन्तर्गतका निकाय र नेतृत्वमाथि नै आशंका गरेको एमालेले सरकार अन्तर्गतको निकायमाथि विश्वास गर्न सकेको छैन। ‘ठूला माछा’सम्म अनुसन्धान नपुग्ने आशंका गर्दै उच्चस्तरीय छानबिनको माग गरेको हो।

एमाले संसदीय दलका सचेचक महेश बर्तौता नेपाल तस्करको ट्रान्जिट बनिरहेको बताउँदै यसलाई गम्भीरताका साथ हेर्न छानबिन समितिको माग गरिएको बताउँछन्। उनले भने,  ‘यो प्रकरणसँगै सुनसँग जोडिएका अन्य मुद्दाहरुसमेत राखेर उच्चस्तरीय छानबिन गर्नुपर्छ। आगामी दिनमा तस्करी रोक्ने नीतिका लागि समितिले अध्ययन गरेर सुझाव पनि दिन्छ।’

संसद्कै लेखा समितिलेसमेत समिति गठनका लागि सरकारको ध्यानाकर्षण गरेको छ। एमालेको मागमा अन्य दलका सांसदहरुलेसमेत सहमति जनाएपछि उच्चस्तरीय छानबिन समिति बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णयमा समिति पुगेको हो।

Xtrem

Xtrem

एमालेले बोली फेरेको आरोप 
आइतबार र सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे। सुन प्रकरणसँगै अन्य केही विषयमा उनीहरुबीच त्यहाँ छलफल भएको थियो।

सुन प्रकरणमा गृहमन्त्रीले जवाफ दिएपछि प्रतिनिधि सभा चल्न दिइने एमालेले प्रधानमन्त्री प्रचण्डलाई बताएको सत्तापक्षीय दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक बताउँछन्। उनले भने, ‘एमाले फेरि समिति गठन गर्नैपर्ने मागमा पुग्यो। त्यसैले संसद् चल्ने अवस्था देखिएन।’

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरी भने एमालेले आफ्नो अडान कायम राखेको बताउँछन्। ‘हामीले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राखेका हौं। त्यसमा कायम छौं। सरकार तयार नभएका कारण संसद् चल्न नसकेको हो,’ उनले भने।

संसद्‌मा अवरोध सिर्जना हुने आशंकाले मंगलबारसम्मका लागि स्थगित गरिएको छ। एमालेले संसद् अवरोध गर्ने र मन्त्रीहरुको राजीनामा माग्ने औपचारिक निर्णय नगरेको नेम्वाङ बताउँछन्। १० गतेको संसद् बैठकमा जोडदार रुपमा माग उठाउँदा अवरुद्ध भएको उनको भनाइ छ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  २०:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह
सम्बन्धित सामग्री
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले युवाहरू आन्दोलन र जेल जानसमेत तयार हुनुपर्ने बताएका हुन् । उनले अहिलेको राजनीतिक परिस्... बुधबार, असोज २१, २०८३
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जसपा नेपालबिच एकता भएपछि बस्न लागेको यो पहिलो बैठक हो । बुधबार, असोज २१, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बोलाएको छ। पहिलो बैठक बिहीबार तय भएको एमाले सचिवालयले जनाएको हो। बैठक दिउँसो १ बजेदेखि... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा बुधबार, असोज २१, २०८३
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह बुधबार, असोज २१, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढी अपडेट: १ हजार ४ सय ५७ जनाको शव फेला बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्