काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशशरण महतले पार्टी बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
सोमबार नेपाली कांग्रेस नुवाकोटद्वारा आयोजित खिरखाने कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले उक्त कुरा बताएका हुन्।
अर्थमन्त्री महतले भने, ‘हामी पाँचै वर्ष इलेक्सन मोडमा छौं। अहिले पनि मिसन २०८४ भनेर हामी भनिरहेका छौं। मूल कुरा त पार्टी विस्तार गर्ने, पार्टीलाई बलियो बनाउने हो। पार्टी बलियो बनेपछि हामी सबै बलियो हुने हो,’ उनले भने।
पार्टी कमजोर हुँदा सबै कमजोर हुने उनको भनाइ थियो। उनले पार्टी बलियो बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए। उनले एक अर्कालाई खुइल्याउने, देखाउने कुरा नभई अरु कुरा गर्ने र आफू काम गर्ने हो भन्ने कुरालाई आत्मसाथ गर्नुपर्ने बताए।
उनले कांग्रेस पार्टी काम गर्ने पार्टी भएको र प्रचार नभएको बताए। उनले सामाजिक सञ्जालमा एकले अर्कोलाई खुइल्याउने काम भइरहेको प्रति आक्रोश व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।