काठमाडौं- काठमाडौं महानगरपालिकाले धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पार्टी कार्यालय भत्काउने तयारी गरेको छ।
सोमबार पार्टी कार्यालय भत्काउन महानगरपालिकाको टोली अघि बढेपछि राप्रपाका कार्यकर्ताले अवरोध गरे, सडकमा सवारी साधनहरू तेर्स्याएर राखे।
महानगरले गत शुक्रबार नै तीन दिनको समय दिई सोमबार भवन भत्काउने तयारी गरेको खबर पाएपछि कार्यकर्ताहरू अवरोधका लागि बाक्लो संख्यामा बिहानैदेखि पार्टी कार्यालयमा उपस्थित भएका थिए।
बिजुलीको हाइटेन्सन लाइनमुनि पार्टी कार्यालय रहेको भन्दै महानगरले भवन भत्काउने निर्णय गरी पत्राचार गरेको थियो। तीन दिनको समयावधि दिएर सोमबार डोजर लिएर महानगरको टोली धुम्बाराही जाने तयारीमा थियो। तर झडपको अवस्था सिर्जना भएपछि जिल्ला कार्यालय प्रशासन कार्यालयले दुवै पक्षलाई बोलाएर बैठक सुरु गरेको छ।
अहिले महानगर र राप्रपा नेताहरूबीच प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसँग छलफल गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।