• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भियना होटलका सञ्चालक दावा छिरिङ : कसरी जोडिए एक क्विन्टल सुन तस्करीमा?

64x64
नारायण अधिकारी सोमबार, साउन १५, २०८०  १६:००
1140x725

काठमाडौं– साउन २ गते बरामद भएको करिब एक क्विन्टल सुन तस्करी प्रकरणको १२ दिनपछि साउन १४ गते राजस्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङलाई उनकै होटलबाट नियन्त्रणमा लियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भइसकेको अवस्थामा बरामद भएको करिब एक क्विन्टल सुन प्रकरणमा दावाको ‘लिंक’ भेटिएपछि मात्रै उनलाई नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान विभागको दाबी छ।घटनाको १२ दिनपछि आफ्नै होटलबाट दावा पक्राउ परेपछि यसको नेक्सस थप उच्च तहसम्म पुग्ने आशंका गरिएको छ। घटनाको १२ दिनपछि काठमाडौं रहेका व्यक्ति कसरी पक्राउ परे र यसमा उनको के संलग्नता देखिन्छ भन्नेबारे नेपाल लाइभले खोतल्ने प्रयास गरेको छ। 

करिब एक क्विन्टल सुन बरामद भएको र केही व्यक्ति पक्राउ परेको सामाचार सार्वजनिक भएको भोलिपल्ट साउन ४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राजस्वकै टोलीले चिनियाँ नागरिक लिङ चुवानलाई पक्राउ गरेको थियो। चुवान एक क्विन्टल सुन प्रकरणमा जोडिएको सूचना पाएपछि उनको विवरण विमानस्थल अध्यागनमलाई पठाउँदै निरागनीमा राख्नका लागि राजस्वले आग्रह गरेको थियो। 

सुन प्रकरणको विषय सार्वजनिक भएपछि भोलिपल्ट स्वेदश (चीन) फर्कन लाग्दा चुवान विमानस्थलमै समातिए। उनै चुवानमाथिको अनुसन्धानले १२ दिनपछि दावा पक्राउ परेको राजस्व स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

‘स्वदेश भाग्न लागेका बेला हामीले विमानस्थलबाट चिनियाँ नागरिक चुवानलाई पक्राउ गरेका थियौं। उनीमाथि अनुसन्धान गर्ने क्रममा दावासम्म पुग्न सफल भएका हौं,’ विभागका एक अधिकारीले भने।

चुवान पक्राउ परेपछि दोभासेमार्फत् उनीमाथि राजस्व अनुसन्धान विभागको टोलीले सोधपुछ गरेको थियो भने उनी कहाँ–कहाँ गए, कहाँ बसे भन्ने विषयहरु खोजी भएको थियो। सोही क्रममा चुवानको नेक्सस दावासम्म पुगेपछि विभागले उनलाई नियन्त्रणमा लियो।

चुवानको कहाँ–कहाँ बसे, गए भन्नेबारे सीसीटीभी फुटेजमार्फत् अनुसन्धान गर्दा उनी अन्तिम पटक दावाको होटलमा बसेर त्यहाँबाट चीन भाग्न लागेको देखिएको थियो। त्यसपछि राजस्वको टोलीले आइतबार भियना होटलमा खानतलासी गर्दै होटल सञ्चालक दावालाई समेत नियन्त्रणमा लिएको हो। ‘दावाको होटल नजिकै एक चिनियाँ रेष्टुरेन्ट पनि छ। त्यहाँ चिनियाँहरुको जमघट, खानपान भइरहने गर्छ। त्यहाँ खानपान गरेर चुवान दावाको होटलमा छिरेर बस्ने गरेको सीसीटीभीमार्फत् देखियो। हामीले दावा नै जानकारी गराएर उनको होटलको सीसीटीभी हेर्दा पनि चुवान त्यहाँ बसेको थियो। र उनको दावासँग पनि चिनजान र सम्बन्ध रहेको खुलेपछि उनीलाई हामीले नियन्त्रणमा लिएका हौं,’ विभाग स्रोतले भन्यो।

दावा निकटका व्यक्ति पनि राजस्वको यस भनाइमा सहमति जनाउँदै चुवान भियनामा बसेका र चिनजानै व्यक्ति भएको स्वीकार्छन्। तर सुन प्रकरणमा भने कुनै संलग्नता नरहेको उनीहरुको दाबी छ। ‘कोही होटलमा बस्नु र चिनजान हुनु नै सुन प्रकरणमा संलग्न भन्न मिल्दैन। यदी संलग्न थियो भने यत्रो काण्ड बाहिर आइरहँदा आनन्दसँग कोही पनि बसिरहने थिएन,’ उनीहरुको तर्क छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसो त नेपालमा चिनियाँ नागरिक जोडिएर हुने अपराधमा दावाको साइनो कतै न कतै जोडिने गरेको विषय नौलो होइन। यसअघि पनि चिनियाँ जोडिएका विभिन्न अपराधहरुमा पनि उनको साइनो रहेको प्रहरी अधिकृतहरु बताउँछन्। 

नेपालमा हुने अवैध कल सेन्टर, अनलाइन जुवा, अनलाइन ठगी, लोन, एमएस, अश्लिल भिडियो देखाएर हुने ब्लयाकमेलिङ ठगी लगायतमा उनको संलग्नताका प्रमाणहरु देखिएको प्रहरी स्रोतको भनाइ छ। प्रहरीले काठमाडौंमा विशेष अपरेशन चलाएर १२२ चिनियाँ नागरिकलाई पक्राउ गर्दा दावा पनि पक्राउ परेका थिए। पछि उनी छुटेका थिए। 

चिनियाँ नागरिक जोडिएर नेपालमा हुने अवैध धन्दामा जोडिने यिनै दावाको साइनो माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, ओनसरी घर्तीलगायतसँग पनि छ। यसअघि २०७६ पुसमा काठमाडौं १२२ चिनियाँ नागरिक पक्राउ पर्दा यीनै दावासँग बसेर वर्षमानको परिवारले ‘डिनर’ गरेको फोटोहरु पनि सार्वजनिक भएका थिए। अहिले पुनः एक क्विन्टल सुन तस्करी प्रकरणमा दावा पक्राउ परेपछि उनै वर्षमानसम्म यसको साइनो जोडिन सक्ने आशंका देखिएको छ। वर्षमानसँगका दावाका फोटाहरु पनि सार्वजनिक भएका छन्। 

तर सुन प्रकरणमा अनर्गल प्रचार गर्दै आफूमाथि प्रहार गरिएको भन्दै वर्षमानले खन्डन गरेका छन्। ‘जनयुद्धका शहीद परिवार, रोल्पाकी चेली, पार्टी कार्यकर्ता अमला रोकासँग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भइसकेको तस्बिरलाई अहिले मसँग जोडेर गरिएको प्रचारप्रति मेरो गम्भीर आपत्ति छ। सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गरिएको यस्ता गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निस्पक्ष छानविनको म पूर्णरूपमा समर्थन गर्दछु। राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको यस्तो गलत प्रचारको भ्रममा नपर्न म सवैसँग हार्दिक आग्रह गर्दछु,’ पुनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्। 

Xtrem

Xtrem

वर्षमानले सोमबार बसेको पार्टी पदाधिकारीहरुको बैठकमा समेत दावासँग आफ्नो चिनजान वा सम्बन्ध नरहेको बताएका छन्। पार्टी बैठकमा बोल्दै  पुनले आफ्नो गृहजिल्ला रोल्पाको थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको प्रष्टीकरण। हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा तस्बिर ८ वर्ष पहिलेको भएको पनि पुनले बताएका छन्। 

Dawa_Tschiring_wit_barsaman_pun_Family1690790214.jpg

माओवादी उपमहासचिव वर्षमान पुन तथा माओवादी नेता एवम् पूर्व सभामुख ओनसरी घर्ती बीचमा, सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङ सबैभन्दा दायाँ (तस्बिर: सामाजिक सञ्जाल)

पुनले भनेजस्तै दावाले रोल्पाको थवाङकी अमला रोकासँग विवाह गरेका छन्। जनयुद्धका बेला श्रीमान सुजन प्रकाशको मृत्यु भएपछि अमलाले दावासँग विवाह गरेकी थिइन्। उनै अमलामार्फत् पार्टी कार्यकर्ताको हिसाबमा तथा रोल्पाको साइनो जोड्दै अमला र उनका श्रीमान् दावा वर्षमान परिवारसँग नजिक रहेको थियो। अमला माओवादी केन्द्रको रोल्पा–काठमाडौं सम्पर्क मञ्चकी उपाध्यक्ष पनि हुन्।

अमलामार्फत् माओवादी नेताहरुसँग नजिकको सम्बन्ध बनाएका दावाको यो सुन तस्करी प्रकरणमा भने काठमाडौंमा सुन व्यवस्थापन गर्ने जिम्मा रहेको विभागको दाबी छ। ‘अहिलेसम्मको हाम्रो अनुसन्धानले काठमाडौंमा सुन आइसकेपछि भारत सप्लाइ नहुन्जेलसम्म व्यवस्थापनको जिम्मा दावाले गर्ने गरेको देखिन्छ,’ विभाग स्रोतले नेपाल लाइभसँग भन्यो।

विभागले बेल्जियम नागरिक भनेका उनै दावासँग नेपालको समेत नागरिकता रहेको खुलेको छ। उनले काभ्रे जिल्लाबाट नेपाली नागरिकता लिइएको देखिएको छ। तिब्बती मुलका नेपाली नागरिक समेत रहेका दावाले आफूसँग श्रीमती अमला र मन्जिल श्रेष्ठसँग मिलेर भियना होटल सञ्चालनमा ल्याएका थिए।

१८ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिँदै गरेको करिब एक क्विन्टल सुन प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान विभागले गरेको अपरेसनको क्रममा दावा पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको हो। 

आइतबार मात्रै राजस्वको टोलीले भियना होटलबाट दावालाई पक्राउ गरेको थियो। यसअघि हङकङ, नेपाल तथा भारतीय नागरिकता समेत रहेका व्यवसायी राकेशकुमार अडुकियाको कमलपोखरीस्थित घरमा राजस्वले छापा मारेको थियो। त्यसपछि सोह्रखुट्टेस्थित गोदाममा छापा मारेर नुवाकोट घर भएका सुरेन्द्र तामाङलाई पक्राउ गरेको थियो। उक्त गोदामबाट बरामद भएका ‘ब्रेक सु’हरु भने सुन निकालेर रिफिटिङ गरेको पाइएको थियो।

साउन ७ गते मात्रै भन्सारका ३ कर्मचारी भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स–रे अपरेटर सरोज श्रेष्ठ र ३ भन्सार भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुक्मिना सुब्बा र यादव पराजुली पक्राउ परेका थिए।

त्यसभन्दा अघि नै राजस्वको टोलीले १० जनालाई पक्राउ गरेको थियो। सुन बरामद भएकै रात ६ जना पक्राउ परेका थिए। भन्सार पास गराएर ट्याक्सीमा राखेर गन्तव्यतर्फ लैजाँदै गर्दा ट्याक्सी चालक अशोक रानामगरलाई नियन्त्रणमा लिएको थियो। लामा बा २ ज २३२४ नम्बरको ट्याक्सी चालक हुन्। उनकै ट्याक्सीमा राखेर सुन भन्सारबाट पास गराइएको थियो।  

उनीसँगै एक क्विन्टल सुन आएको रेडी ट्रेडका सञ्चालक दोलखा घर भइ काठमाडौं बस्दै आएका २१ वर्षीय दिलीप भुजेल पनि पक्राउ परेका थिए। भुजेलको रेडी ट्रेडमार्फत् मोटरसाइकल र स्कुटरको ब्रेक सुको रुपमा उक्त सुन भित्रिएको हो।

त्यसैगरी दोलखा मेलुङ गाउँपालिका–३ घर भइ हाल काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरकै अरुण गाउँपालिका–४ घर भइ काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक दिल्ली घर भइ हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई गरी ६ जनालाई सुन बरामद गरिएकै राति राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो। 

पछि यो प्रकरणमा चिनियाँ नागरिक र कार्गो कम्पनीको सञ्चालकसहित ४ जना पक्राउ परे। चीन भाग्न लागेको अवस्थामा विमानस्थलबाट चिनियाँ नागरिक लिन चुवान पक्राउ परे। उनी ७ महिनादेखि बिजनेस भिसामा काठमाडौंमा बस्दै आएका खुलेको थियो। 

त्यसैगरी कोटेश्वरबाट कार्गो कम्पनीका सञ्चालकहरु राजनराज श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट पनि पक्राउ परे।

अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेसन चलाएको थियो। जस क्रममा विमानस्थलको भन्सार गेटबाट बा२ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो। 

क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पार्ट्‌सहरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जाँचपास गरेको थियो। 

जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएर अपरेसन गरिएको थियो। बरामद भएको उक्त सुन परीक्षणका लागि राष्ट्र बैंकको टक्सार विभागमा पठाइएको छ। सुन अहिलेसम्म जाँच्ने तौलने काम भने भएको छैन।

सुन निकाल्ने तथा गाल्ने काम गर्दा स्वरुप परिवर्तन हुने भएकाले यो प्रकरणमा संलग्नहरुलाई पक्राउ गरेर उक्त सामानको सखानत गराएपछि मात्रै सुनको काम थालनी हुने विभागका प्रवक्ता नवराज अधिकारीले बताए।

यो पनि पढ्नुहोस

एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा: नेपालमा चिनियाँ गिरोह भित्र्याउने मुख्य नाइके!

 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित तीनजनालाई पक्राउ गरेको छ । बुधबार, असोज २१, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय दुहबी, इलाका प्रहरी कार्यालय सितागञ्ज र ट्राफिक प्रहरी पोस्ट दुहबीबाट स... मंगलबार, असोज २०, २०८३
इनरुवामा काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, चालक र सहचालक पक्राउ सुनसरी सदरमुकाम इनरुवा ३ सखुवागाछीबाट ठुलो परिणाममा गाजा बरामद भएको छ।  तरकारी (शब्जी)को आवरणमा ठुलो परिमाणमा गाँजा ओसारपसार भइरहेको... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा बुधबार, असोज २१, २०८३
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह बुधबार, असोज २१, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढी अपडेट: १ हजार ४ सय ५७ जनाको शव फेला बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्