काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बस्दैछ। बैठक सोमबार बिहान ८ बजेदेखि बस्न लागेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रीय समितिको बैठकका अजेन्डा लगायत विषयमा छलफल हुने माओवादी केन्द्रका कार्यालय सचिव डोल प्रसाद उपाध्यायले जानकारी दिए।
यसअघि शनिबार पनि पदाधिकारी बैठक बसेको थियो। शनिबारको पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन लगायतका विषयमा छलफल भएको थियो।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक साउन १७ गतेदेखि सुरु हुने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।