काठमाडौं– नेकपा एकीकृत समाजवादीले बोलायो सचिवालयदेखि केन्द्रीय कमिटीसम्मको बैठक बोलाएको छ।
केन्द्रीय सचिवालयको बैठकले साउन १९ गते केन्द्रीय सचिवालय र साउन २० गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो। यस्तै भदौ ३ र ४ गते पोलिटब्युरो र ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बोलाइएको हो।
यसअघि नेकपा एसले साउन १६ गतेदेखि २१ गतेसम्म गर्ने पार्टीको केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठक बोलाएको थियो। तर आवश्यक तयारी नपुगेको भन्दै बैठक स्थगित भएका थिए।
यस्तो छ बैठक तालिका:
केन्द्रीय सचिवालय
मितिः २०८० साउन १९ गते
समयः ८:०० बजे
स्थान: पुष्पलाल स्मृति प्रतिष्ठान, चम्पादेवी
स्थायी कमिटी
मिति: २०८० साउन २० र २१ गते
समय: ११:०० बजे
स्थान: पार्टी केन्द्रीय कार्यालय
पोलिटब्यूरो
मिति: २०८० भदौ ३ र ४ गते
समय: ११:०० बजे
स्थान: पार्टी केन्द्रीय कार्यालय
केन्द्रीय कमिटी
मिति: २०८० भदौ ५, ६ र ७ गते
समय: १०:०० बजे
स्थानः कान्तिपुर गार्डेन ब्याङ्क्वेट, बालकुमारी, ललितपुर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।