काठमाडौं- नेपाल सद्भावना पार्टीबीच रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा विलय भएको छ। आइतबार एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी हुनेगरी दुई दलबीच एकता भएको हो।
उन्मुक्तिका संरक्षक नेता चौधरी र सद्भावनाका केन्द्रीय अध्यक्ष रामकुमार महतोले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार आगामी एकता
महाधिवेशनसम्म एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी हुनेछ। दुवै पक्षबीचच सम्झौता भएपश्चात महाधिवेशन सम्म भण्डा, चुनाव चिन्ह, छाप र विधान नागरिक उन्मुक्ति पार्टीले प्रयोग गर्दै आएको हुने संयुक्त विज्ञप्तिमार्फत् जनाइएको छ।
केन्द्रीय निकायदेखि स्थानीय तहसम्म पदाधिकारी तथा सदस्यहरूको समायोजन दुवै पार्टीबीच आन्तरिक सहमति अनुसार हुने बताइएको छ।
दुई दलबीच पहिचानमा अधारित प्रदेशको नामकरणसहित संरचना हेरफेर, जातीय जनसंख्याको आधारमा पूर्णसमानुपातिक निर्वाचन प्रणाली, स्थानिय तहमा निर्दलीय निर्वाचन प्रणाली एवं शैक्षिक योग्यता तथा उमेरको हदबन्दीलगायत मुद्दा उठाउने सहमति भएको छ।
मधेस मुक्तिका लागि संयुक्त आन्दोलन जरुरी भएको निष्कर्षसहित एकीकरण गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।