फाइल तस्बिर
काठमाडौं- प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सुन प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
समितिको आइतबार बसेको बैठकले हालसालै त्रिभुवन विमानस्थलबाट गैरकानुनी प्रक्रियाबाट ठूलो परिणाममा भित्रिएको सुन प्रकरणमाथि तत्कालै स्वतन्त्र र निष्पक्ष छानबिन गर्न समिति गठनको विषय उठाएको हो।
'अधिकार सम्पन्न एक उच्चस्तरीय छानबिन समिति गठन गर्न गराउन समितिको यो बैठक नेपाल सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँछौँ,' समितिको निर्णयमा भनिएको छ।
लेखा समितिको बैठकमा एमालेका सांसद योगेश भट्टराईले छानबिन समिति गठनको विषय उठाएका थिए।
एमालेले प्रतिनिधि सभाको बैठकमा पनि उच्चस्तरीय छानबिन समिति गठनको विषय उठाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।