• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस १३, २०८२ Sun, Dec 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बाढीले खेत बगर बनायो, घर बग्ने त्रासमा रातभर जाग्राम बस्छन् कुतियाकबरवासी

64x64
रासस आइतबार, साउन १४, २०८०  १२:२२
1140x725

कञ्चनपुर- वर्षात्‌को पानीले किसानलाई राहत हुन्छ। तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ। 

महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू। पानी परेको रात जागराम बस्छन्। उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ। 

'बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जागराम बसेर नदीमा पानीको बहाब हेरिरहनुपर्छ,' कुतियाकबरका स्थानीय खड्के बुढाले भने, 'बाढी आयो भने सिधैँ बस्ती पस्छ, कुन बेला के हुन्छ थाहा छैन।'

महाकालीपारि भारतसँग जोडिएको नेपाली बस्ती हो, कुतियाकबर। करिब ४० परिवारको बसोबास रहेको यहाँ चार सयभन्दा बढी मानिस छन्। जोगबुढा र महाकाली नदीले घेरिएको यो टापुका बासिन्दालाई बर्सेनि बाढीले सताउने गरेको छ। बर्खायाम लागेसँगै कुतियाकबरका बासिन्दा त्रसित बनेका छन्।

आफूहरू डरडरैमा बाँच्नुपरेको स्थानीय वसन्ती सुनार बताउँछन्। 'केही दिनअघि धौलिगङ्गा बाँध खोलेको जानकारी आएको थियो, त्यसबेला बाढी आउँछ कि भनेर रातभर सुत्न सकेनौँ,' उनले भने, 'पानी परेमा बेला–बेला पानी बढ्यो कि भनेर हेर्दैमा रात बित्छ।'

Ncell 2
Ncell 2

सुनारको घरमा दुई स–साना छोराछोरी र वृद्ध आमा छन्। यहाँका स्थानीय मोबाइलमा एसएमएसमार्फत आउने बाढीको पूर्वसूचना हेरिरहन्छन्। स्थानीयले आवश्यक पर्ने लत्ताकपडा पोको पारेर तयारी अवस्थामा राखेका छन्। 'घरखेत पूरै ढाकेर बाढी आउँछ, ज्यान जोगाउन मुस्किल पर्छ,' स्थानीय बमबहादुर सुनारले भने, 'घरखेत, लत्ताकपडा, खाद्यान्न सब छाडेर अन्त जान्छौँ।'

उनका अनुसार कतिपयले बाढीको बेला विद्यालय तथा छिमेकीको घरमा आश्रय लिएर बस्ने गरेका छन्। महाकाली नदीले यसपटक पनि कुतियाबरमा कटान गर्न थालेको छ। 'यसपटक ठूलो बाढी आएको छैन, त्यसमा पनि महाकालीले जमिन कटान गर्न थालेको छ,' उनले भने, 'खेत बगरमा परिणत गरिसक्यो, यस्तै रह्यो भने हाम्रो त उठिबास नै लाग्छ।'

कुतियाकबरवासीलाई बर्सेनि पर्ने विपत्ति बाढीको समस्या समाधानमा जनप्रतिनिधिले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ। वर्षौँदेखि  चुनावमा डुबान र कटानको समस्या समाधान गर्ने आश्वासन दिने नेता जितेपछि सो आश्वासन बिर्सिने गरेको उनीहरूको गुनासो छ। 

'सीमा रक्षक बनेर बसेका हामीहरूलाई सरकारले कहिल्यै हेरन, चुनाव जित्नलाई समस्या समाधान गर्ने आश्वासन दिन्छन्, पछि बिर्सिन्छन्,' स्थानीय ऐनबहादुर सुनारले भने, 'महाकाली उचो भइसक्यो, हामी होचो भू-भागमा छौँ, कुनै बेला पनि नदी गाउँ पस्न सक्छ।'

महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध तथा गाउँमा बाढी आएको बेला बस्न मिल्ने ‘सेफ हाउस’ (मचान) बनाउनुपर्ने स्थानीयको माग छ। 'वर्षैँपिच्छे बाढीको समस्या झेल्नुपर्छ, ज्यानको जोखिममा राखेर बस्नुपरेको छ,' उनले भने, 'सरकारले हाम्रो पीडा कहिले सुन्छ?'

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुद... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने आइतबार, पुस १३, २०८२
पार्टी परित्याग गरेकालाई घर फर्कन काँग्रेसको आह्वान आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
कांग्रेसद्वारा बागी उम्मेदवारको कारबाही फुकुवा आइतबार, पुस १३, २०८२
एमाले सचिवालय बैठक, समानुपातिकको उम्मेदवार टुंगो लगाइने आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्