काठमाडौं- नेकपा माओवादी केन्द्रको शनिबारको पदाधिकारी बैठक सकिएको छ। बैठक आइतबार पनि बस्ने सचिव चक्रपाणी खनालले जानकारी दिए।
साउन १७ गतेदेखि सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई लक्षितग गरेर बसेको शनिबारको पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन लगायतका विषयमा छलफल भएको छ।
प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष इटाली प्रस्थान गर्नुअघि बसेको पदाधिकारी बैठकमा ती प्रतिवेदनको गृहकार्य गर्न भनिएको थियो। सोही अनुसार शनिबारको बैठकमा लिखित र मौखिक सुझाव प्रस्तुत भएको थियो।
केन्द्रीय समितिको बैठकअघि स्थायी समिति बैठक बस्ने खनालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।