काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा जस्तो अरु दलमा युवा पंक्तिले नेतृत्वमाथि प्रश्न गर्न नसकेको टिप्पणी गरेका छन्।
कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ९ (क) प्रदेश कार्य समितिले गरेको कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री शर्माले कांग्रेसभित्र भने नेतृत्वलाई प्रश्न गर्ने र प्रतिस्पर्धा गर्नेसम्मको अवस्था रहेको बताए।
हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले सभापति शेरबहादुर देउवामाथि प्रश्न गरेको प्रत्यक्ष प्रशारणमार्फत सार्वजनिक नै भएको शर्माले बताए। ‘कांग्रेसको लाइभ भएजस्तै हाम्रो मुख्य प्रतिस्पर्धी दलको लाइभ हुँदै गर्दा त्यहाँ उभिएर कसैले अध्यक्षज्यू भनेर यसरी प्रश्न गर्ने साहस राख्ला?,’ उनले एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै भने।
कांग्रेसका सभापति देउवासँग महामन्त्री गगन थापाले संसदीय दलको नेतामा प्रतिस्पर्धा नै गरेको भन्दै शर्माले एमालेका युवा नेताहरुले किन प्रतिस्पर्धा गर्न नसकेको भनी प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।