काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्व नोना कोइरालाको योगदानको प्रशंसा गरेका छन्। नोनाले गरिब, विपन्न एवं पछाडि परेका नागरिकलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराएको उनले बताए।
नोना कोइराला स्मृति प्रतिष्ठानको शनिबार विराटनगर महानगरपालिका–४ स्थित इक्राहीमा आयोजित साधारण सभामा बोल्दै कोइरालले स्व कोइरालाले सामाजिक न्याय, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षाबाट कुनै पनि नागरिक वञ्चित नहुन भन्ने इच्छालाई प्रतिष्ठानले पूरा गरेको विचार व्यक्त गरे।
प्रतिष्ठानको संरक्षकसमेत रहेका डा कोइरालाले प्रतिष्ठान सेवामुलक संस्था भएकाले मुलुकलाई आवश्यक पर्ने स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए।
महानगरपालिका प्रमुख नागेश कोइरालाले प्रजातन्त्र स्थापना र महिलाको हकहित स्थापनामा स्व कोइरालाको ठूलो योगदान रहेको चर्चा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।