काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। शनिबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।
पदाधिकारी बैठक मूलतः केन्द्रीय समिति बैठकको अजेन्डामा केन्द्रित हुने माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक साउन १७ गतेदेखि सुरु हुँदैछ। शनिबारको पदाधिकारी बैठकले निर्धारण गर्ने अजेन्डालाई केही दिनमै बस्ने स्थायी समिति बैठकमा पनि छलफल भएर अन्तिम रुप दिइने उपाध्यायले जानकारी दिए।
प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा रहँदा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पनि केही दिनअघि पदाधिकारी बैठक बसेको थियो। अध्यक्ष प्रचण्ड समेत फर्किएपछि पुनः बैठक बस्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।