कोशी प्रदेश प्रमुख परशुराम खापुङ (फाइल तस्बिर)
काठमाडौं– कोशी प्रदेशमा सरकार गठनका लागि प्रस्ताव पेस गर्न आह्वान भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनको प्रस्ताव पेस गर्न आह्वान गरेका हुन्।
सर्वोच्च अदालतको पूर्ण इजलासले उद्वव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय बदर गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो।
सभामुख बाबुराम गौतम समेतको हस्ताक्षर संलग्न गरी सरकार गठन गर्ने कार्य संविधान विपरीत भएको भन्दै सर्वोच्चले थापाको नियुक्ति बदर हुने आदेश दिएको थियो। सर्वोच्चले संविधानको धारा १६८ को (२) अनुसार नै सरकार गठन गर्न परमादेशको आदेश दिएको थियो।
संविधानको धारा १६८ को (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन्।
यसरी बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई साउन १६ गते, मंगलबार अपराह्न ५ बजेसम्म आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।