एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की (फाइल तस्बिर)
काठमाडौं– एमालेले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेससँग मिलेर आधा–आधा कार्यकाल सरकार चलाउन तयार रहेको जनाएको छ। एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले आफूहरु काग्रेससँग मिलेर सरकार चलाउन तयार रहेका बताएका हुन्।
निर्वतमान मुख्यमन्त्र उनले प्रजातन्न्त्र संस्थागत गर्नेदेखि अन्य कुरा मिलेमा कांग्रेससँग मिलेर सरकार चलाउन तयार रहेको बताए। कांग्रेसलाई मुख्यमन्त्री दिन तयार हुनुहुन्छ त? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा कार्कीले यस्तो बताएका हुन्। उनले मुख्यमन्त्री पद यसका लागि बाधक नहुने पनि बताए।
सभामुख बाबुराम गौतमको समेत हस्ताक्षेर संलग्न गरी सरकार गठन गरेका मुख्यमन्त्री उद्धव थापाको नियुक्त सर्वोच्चले बदर गरिदिएपछि कोशी प्रदेशमा सरकार गठनको नयाँ प्रक्रिया सुरु भएको छ।
थापाको सरकारलाई अवैधानिक ठहर गर्दै सर्वोच्चले साउन १७ गतेसम्म नयाँ सरकार गठन गर्न पनि आदेश दिएको छ।
मुख्यमन्त्री थापाको नियुक्ति अवैधानिक रहेको दाबीसहित बदरको माग गरेर सर्वोच्चमा रिट दायर गरेका कार्कीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार नयाँ सरकार गठनको मागदाबी गरेका थिए। सर्वोच्चले भने धारा १६८ को (२) अनुसार नै सरकार गठनको आदेश दिएको छ।
संविधानको धारा १६८ को (२) अनुसार सरकारमा दाबी गर्ने कि नगर्ने भनेर सोधिएको प्रश्नमा कार्कीले बहुमत पुग्ने अवस्था भए दाबी गर्ने बताए। ‘साना दल जान्छन् भने एमाले ४० सिट भएको ठूलो दल भएकाले बहुमत पुगे दाबी गर्छौं,’ कार्कीले भने, ‘यसमा पार्टीभित्र कुराकानी भइरहेको छ।’
कार्कीले प्रदेशमा स्थायित्व कायम हुने अवस्थाका लागि एमालेले मुख्यमन्त्रीमा दाबी गरेर नबस्ने बताए। उनले कांग्रेसलाई मुख्यमन्त्रीमा समर्थन गर्न सकिने संकेत गरे।
‘नेपाली कांग्रेससँग मिल्न तयार छौँ। मुख्यमन्त्री दिन जो सुकैलाई पनि तयार छौ,’ उनले भने, ‘स्थायित्व हुन्छ भने एमाले मुख्यमन्त्रीमा दाबी राखेर बाधक वन्दैन।’ तर यति महिना वा वर्ष भागवन्डा गरौं भनेर लिने पक्षमा भने आफूहरु नभएको कार्कीको भनाइ छ।
‘काग्रेसले आधा–आधा मुख्यमन्त्री लिन तयार छ भने हामी तयार छौ,’ उनले भने, ‘प्रदेश संस्थागत गराउन सर्वदलीय सरकार बनाउन पनि हामी तयार छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।