काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार रातिदेखि झापामा भारी वर्षा भइरहेको छ।
विभागले झापाको दमक, उर्लावारी, शनिश्चरे, चन्द्रगढी आसपास भारी वर्षा भएको जनाएको छ।
भारी वर्षाका कारण विरिङ, रतुवा लगायत साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।