काठमाडौं– सभामुख देवराज घिमिरेले नेपालको उन्नति जलविद्युत्बाट नै सम्भव रहेको बताएका छ्न्।
बिहीबार ललितपुरमा आयोजित सामूहिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले दुई वर्षभित्र देशभरका सबै नागरिकको पहुँचमा विद्युत् पुर्याउने लक्ष्यलाई साथ दिन महासंघले विद्युत् उत्पादन गरी वितरण गर्नेकुरामा सहयोग गर्ने अपेक्षा गरेको बताए।
उनले औद्योगिकरणमा विद्युत् खपत गर्ने बाटो बनाउनका लागि संस्थाले महत्वपूर्ण कदम चाल्नुपर्ने उल्लेख गरे। उर्जा ऐन १४ वर्षदेखि अड्किएको कुरा उठेको भन्दै अड्किएका कानुनहरु अघि बढाउने कुरामा आफू गम्भीर रहेको उनको भनाइ छ।
सभामुख घिमिरेले थन्किएर बसेका कानुन अघि बढाउने र कानुनहरु पास गर्ने तथा संशोधन गर्नुपर्ने काममा संसद्को भूमिका महत्त्वपूर्ण रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।