काठमाडौं- नेपाली कांग्रेसले कोशी प्रदेशमा बहुमत जुटाएर कोशी प्रदेशमा फेरि सरकार बनाउने प्रयास गर्ने जनाएको छ।
नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भुपेन्द्र राईले सर्वोच्चले दुई वा दुई भन्दा बढी दलको सरकार बनाउने ढोका खुला गरेको बताउँदै फेरि दाबी गर्ने बताएका हुन्।
सर्वोच्च अदालतले गरेको निर्णयलाई पालना गर्दै त्यसका लागि प्रयास गर्ने बताए। सभामुखको हस्ताक्षरबाहेक बहुमत जुटाउने कांग्रेसले प्रयत्न गर्ने उनको भनाइ छ।
यसअघि कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरबाट नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेका थिए।
सर्वोच्चले सरकार निर्माण प्रक्रियामा सभामुख सहभागी हुन नपाउने निर्णय गरेको छ। यससँगै थापाको सरकार ढलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।