• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कहिले हुन्छ प्रधानन्यायाधीशको सिफारिस? संविधान उल्लंघन हुँदा पनि सबै मौन 

64x64
नेपाल लाइभ शुक्रबार, साउन १२, २०८०  ०८:०५
1140x725

काठमाडौं– प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दा हेर्न छोडेका छन्। उनले आफू अवकाशमा जानुभन्दा एक महिना अघिदेखि नै अर्थात् असार २० गतेदेखि नै इजलासमा बसेर पेसी लिएका छैनन्। उनी दैनिक अदालत आउँछन् अनि प्रशासनिक र अन्य काम गरेर फर्किन्छन्। प्रधानन्यायाधीश कार्कीले मुद्दा नहेर्नुको कारण हो अवकाश हुनुभन्दा एक महिनाअघि आफूलाई मुद्दाबाट अलग राख्नु र विवादमा नआउनु।

त्यस्तै फैसला लेखन र अन्य प्रशासनिक काम पनि हुने भएकाले यस्तो अभ्यास हुँदै आएको छ। प्रधानन्यायाधीश कार्कीले पनि त्यही गर्दै आएका छन्। उनी सर्वोच्चबाट बिदाइ हुन अब करिब १ हप्ता मात्रै बाँकी रहेको छ। त्यसपछि सर्वोच्च अदालत प्रधानन्यायाधीशविहीन हुनेछ। न्यायपालिकाको नेतृत्व फेरि कायममुकायमले सम्हाल्नुपर्ने अवस्था आउनेछ। करिब १५ महिना कामु प्रधानन्यायाधीश हुँदै प्रधानन्यायाधीश पाएको न्यायालयले अबको केही दिनभित्र सिफारिस नभएमा फेरि पनि कामु नेतृत्व पाउने निश्चित देखिन्छ।

संविधान उल्लंघन, तर सबै मौन 
सोमबार सर्वोच्चमा कोशी प्रदेश सरकार गठनसम्बन्धी विवादको मुद्दा सुनुवाइका लागि लागि पेसी तोकिएको थियो। न्यायाधीशद्वय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा रहेको पेसीमा संवैधानिक व्याख्याको विषय देखिएकाले संवैधानिक इजलासमा पठाउने कि भन्ने बहस सुरु भयो। न्यायाधीश श्रेष्ठले पहिलो पटक प्रदेशको सरकार गठनको कुरा आएकाले संवैधानिक इजलासबाट हुन उपयुक्त ठानेर कानुन व्यवसायीहरुसँग राय मागे। तर, संवैधानिक इजलास नै गठन हुन नसक्ने अन्योल देखेपछि पक्ष र विपक्ष दुवै तर्फका कानुन व्यवसायीले संवैधानिक इजलासमा पठाउने कुरामा सहमति जनाउने सकेनन्।

निवेदक हिक्मत कार्कीको पक्षबाट बहस गर्न उभिएका संवैधानिक कानुनका जानकार एवं वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले त यो मुद्दा संवैधानिक इजलासमा पठाएपछि सुनुवाइ हुन नसक्ने र यसले अदालतको जनआस्थामाथि नै प्रश्न उठाउने तर्क सुनाए। प्रधानन्यायाधीशले मुद्दा हेर्न छोडेको र नयाँ प्रधानन्यायाधीश सिफारिस नै सरकारले नगरेको अवस्थामा तत्कालै निरुपण गर्नुपर्ने विवाद संवैधानिक इजलासमा पठाउनु भनेको न्याय नदिनु र न्यायमा ढिलाई गर्नु नै भएको उनको निष्कर्ष थियो र त्यही इजलासमा सुनाए। भट्टराईको कुरालाई स्वीकार गर्दै इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा पठाएन। मंगलबार पूर्ण इजलासमा सुनुवाइ भयो। 

यसो हुनुको एउटा कारण प्रधानन्यायाधीशको नियुक्ति सिफारिस समयमा नहुनु पनि थियो। संवैधानिक परिषद्ले असार २० गते नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गरेर संसदीय सुनुवाइमा पठाएको भए नयाँ प्रधानन्यायाधीश आउने निश्चितता हुने थियो र संवैधानिक इजलासमा मुद्दा पठाउँदा कानुन व्यवसायीले हुँदैन भनी बहस गर्नुपर्ने थिएन। तर प्रधानमन्त्री एवं संवैधानिक परिषद्‌का अध्यक्षले संविधानको व्यवस्था पालना नगर्दा अदालतमा यो समस्या आएको हो।

के छ संविधानमा?
संविधानको धारा २८४ मा संवैधानिक परिषद्‌सम्बन्धी व्यवस्था छ। उपधारा १ मा ५ जना सदस्य र अध्यक्षमा प्रधानमन्त्री हुने उल्लेख छ। परिषद्‌मा प्रधानमन्त्रीबाहेक, प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य हुने उल्लेख छ।

सोही धाराको उपधारा ३ मा ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधान बमोजिम नियुक्तिका लागि सिफारिस गर्नु पर्नेछ,’ भनिएको छ।  यो व्यवस्था अनुसार असार २० गते नै संवैधानिक परिषद्ले सिफारिस गर्नुपर्ने थियो।

तर २० दिनसम्म बैठक बस्नेबारे छलफल पनि भएको छैन। प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली विदेश भ्रमणमा छन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं विदेश भ्रमणमा छन्। उनी नेपाल नफर्किएसम्म संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा छलफल हुने छैन। प्रधानमन्त्रीले स्वदेश फर्केर प्रधानन्यायाधीश सिफारिसलाई प्राथमिकतामा राखी संवैधानिक परिषद्को बैठक बोलाउनुपर्ने छ। यदि प्रधानमन्त्रीले त्यसलाई प्राथमिकतामा राखेनन् भने सर्वोच्चले फेरि पनि प्रधानन्यायाधीश तत्काल नपाउन सक्ने देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

न्याय परिषद्ले पठाएको रोस्टर प्रधानमन्त्री कार्यालयमा अलपत्र 
न्याय परिषद्ले प्रधानन्यायाधीशको रुपमा कार्कीले कार्यकाल सम्हालेपछि भावी प्रधानन्यायाधीशको रोष्टर पठाएको थियो। प्रधानन्यायाधीश हुन योग्यता पुगेका र रोलक्रममा रहेका तीन जनाको नाम पठाइएको थियो। कार्कीपछि प्रधानन्यायाधीशको रोलक्रममा विश्वभरप्रसाद श्रेष्ठ रहेका छन्। उनी २०८१ असोजसम्म प्रधानन्यायाधीशको रुपमा सर्वोच्चमा रहने छन्। २०१६ असोज २० गते  जन्मेका उनी ६५ वर्षको उमेरहदले अवकाश पाउने छन्। यसरी हेर्दा २०८१ असोज २० गते उनी अवकाशमा जाने छन्।

उनीसहितलाई समावेश गरेर परिषद्ले पठाएको रोष्टर संवैधानिक परिषद्‌मा पेस हुन सकेको छैन। परिषद्को बैठक नै नबसेका कारण उक्त रोष्टर प्रधानमन्त्री कार्यालयमा अलपत्र छ। परिषद्को बैठक बोलाएका रोष्टर सिफारिस र उनीहरुको बारेमा सदस्यहरुलाई वितरण गर्दै छलफल हुने थियो।

प्रधानमन्त्री कार्यालयका अनुसार अघिल्लो पटक कार्कीको सिफारिसपछि परिषद्को बैठक बसेको छैन। त्यस्तै संवैधानिक परिषद्को बैठक तत्काल बस्ने सम्भावना पनि नभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीले चाहेमा परिषद्को बैठक छिट्टै बस्नसक्ने तर प्रधानमन्त्रीले यस बारेमा कुनै पनि निर्देशन वा छलफल नगरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीको सचिवलायले पनि तत्काल संवैधानिक परिषद् बस्ने अजेण्डा नरहेको बताएको छ। 

पटक–पटक न्यायालयको अवहेलना भयो: बार 
नेपाल बार एशोसियसनका अध्यक्ष गोपाकृष्ण घिमिरेले सर्वोच्च अदालतको न्यायाधीश र प्रधानन्यायाधीश सिफारिसमा संविधानकै अवहेलना भइरहेको टिप्पणी गरे। प्रधानन्यायाधीश नहुदाँ सर्वोच्चमा आइपर्ने समस्याका बारेमा पटक–पटक प्रधानमन्त्री र सरकारलाई जानकारी गराउँदा पनि यसलाई गम्भीरतापूवर्क नलिएको रुपमा बारले लिएको उनले बताए।

Xtrem

Xtrem

बारले विगतमा आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानन्यायाधीश सिफारिस भएको तर फेरि पनि अवरुद्ध भएकाले राजनीतिक तहमै दबाब दिनुपर्ने अवस्था देखिएको घिमिरेले बताए। बारले अब केही दिन पर्खने र त्यसपछि पनि सिफारिस नभएमा राजनीतिक दलका नेतृत्वदेखि प्रधानन्यायाधीशसम्मलाई दबाब दिने तयारीमा बार रहेको घिमिरेले बताए।

बारले सुरुमा ज्ञापनपत्र दिने त्यसपछि पनि भएन भने समय दिएर आन्दोलनका कार्यक्रम ल्याउन पनि बार पछि नहट्ने उनले बताए। बार सधैं समयमा प्रधानन्यायाधीश, न्यायाधीश र अन्य अदालतमा न्यायाधीश नियुक्ति गरिनुपर्ने पक्षमा भएको उनको भनाइ छ। 

‘न्याय निरुपण गर्नुपर्ने निकायमा लामो समयसम्म न्यायाधीश नै नियुक्ति नगर्ने, प्रधानन्यायाधीश पनि समयमा नियुक्ति नगर्ने कार्य जसले गरे पनि संविधानको अवहेलना हो,’ घिमिरले भने, ‘जनता न्यायका लागि वर्षौंदेखि अदालत धाएका छन्। तर हामी न्याय मर्नेगरी नियुक्त गर्दैनौं भने त्यसले न्यायालयको जनआस्थामा असर पार्छ।’ उनले न्यायालय जोगाउनका लागि नियुक्ति पनि समयमा हुनुपर्ने उनले बताए। न्यायाधीश समयमै नियुक्ति भएमा मुद्दाको सुनुवाइ समयमै भएर जनताले न्याय पाउने र नत्र अन्याय हुने भएकाले यसमा गम्भीर हुनुपर्ने उनले बताए।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले समयमा प्रधानन्यायाधीश र न्यायाधीश नियुक्ति नगर्ने संविधानको उल्लंघन भएकाले यसमा कारबाही हुनुपर्ने माग गरे। न्याय मागेर अदालत आएका जनताहरु वर्षौंसम्म न्याय पाउने हकबाट वञ्चित हुनुपर्ने अनि राजनीतिक दाउपेज वा न्यायालय अस्थिर बनाउन न्यायाधीश नियुक्ति नगर्ने कार्य गर्ने जो सुकै भए पनि कारबाहीको भागीदार हुने उनको तर्क छ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी
१४ मिनेटमै फ्रान्सको ४ गोल
सम्बन्धित सामग्री
कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि जारी रहेको छ। आज केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि निर्वाचन हुने भएको... मंगलबार, असोज २०, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा ‘जहाँ कांग्रेस, त्यहाँ सुशासन र विकास’ भन्ने अवधारणासहित पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उनले समयअनुसार कानुन, प्रक्रिया र कार्यशैलीमा सुधारको आवश्यकताबारे सर... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी मंगलबार, असोज २०, २०८३
१४ मिनेटमै फ्रान्सको ४ गोल मंगलबार, असोज २०, २०८३
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना मंगलबार, असोज २०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्