काठमाडौं– काठमाडौंको महानगरपालिका–३२ स्थित शंखमुल घाटमा सञ्चालित धार्मिक कार्यक्रममा काठमाडौं महानगरपालिकाले हस्तक्षेप गरेको छ।
शंखमुल घाटमा स्थानीयले गरेकका ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिकाले हस्तक्षेप हो। स्थानीयले सो स्थानमा श्रावण १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन्।
महानगरपालिकासँग अनुमति नलिइ अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले मंगलवार अनुष्ठान बन्द गर्न आग्रह गरेको छ। पार्कमा हिँड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृती समेत नलिइ गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गरे।
उनले यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न अनुरोध गरे। यता स्थानीयले भने सो स्थल धार्मिक स्थल नै भएकाले आफुहरुले महोत्सव गरेको बताएका थिए।
उक्त विषयलाई लिएर नगरप्रहरी र स्थानीयका बिचमा केहीबेर भनाभन समेत भएको थियो। आफूहरुले लिखित रुपमा अनुमति लिएर भए पनि अनुष्ठान सञ्चालन गर्ने तर नरोक्ने स्थानीयले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।