• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘धुपौरे र छायाँ’बाट देउवाको मुक्ति खोजिरहेका महामन्त्री 

64x64
डिबी खड्का सोमबार, साउन ८, २०८०  १९:०८
1140x725

काठमाडौं- नेपाली कांग्रेसको ६ दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकमा पाँच दिनसम्म अधिकांश समय महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गाली खाए। प्रष्टावक्ता महामन्त्रीहरुले पार्टी सभापति देउवाको ‘एकलौटी’लाई लिएर गरेको आलोचनालाई देउवाले पचाइरहेका छन्। तर, उनका ‘धुपौरे र छायाँ’ले सहन सकेनन्।

त्यही कारण कांग्रेस केन्द्रीय समितिमा उनीहरुमाथि चेतावनी थियो- महामन्त्रीको विकल्प खोज्न सकिन्छ। उनीहरुमाथि दबाब थियो- माफी मागेर आफूलाई जोगाउ!

कति केन्द्रीय सदस्यले महामन्त्रद्वयले सभापति देउवाको कार्यसम्पादनमा रहेको अकर्मण्यता र निर्णयमा रहेको एकलौटीलाई लिएर गरिएको आलोचनाकलाई गालीको संज्ञा दिए। केन्द्रीय कार्यसमितिमा कांग्रेसको वर्तमान अवस्था र भावी रणनीतिका विषयमा बोल्नेहरुभन्दा बढी देउवाको प्रशंसा र महामन्त्रीद्वयको निन्दा गर्नेहरु देखिए।

सोमबार जवाफ दिने क्रममा देउवाका अनुयायीलाई उनीहरुले फरक शब्दले सम्बोधन गरे। तर, एउटै निष्कर्षमा पुर्‍याएको देखिन्छ- सभापति देउवा त्यस्ता ‘धुपौरे (आसपासमा बसेर धुप बाल्ने) र छायाँ (जता हल्लियो त्यतै हल्लिने)’बाट मुक्त हुनुपर्छ, तब मात्रै कांग्रेस बन्छ।

शर्माको सुझाव छ- सभापति देउवाले अनुयायीलाई छायाँजस्तो नभइ ऐना जस्तो बनिदिन आग्रह गर्नुपर्छ।
थापाको भनाइ छ- देउवाले आसपासबाट धुपसुप जलाउनेसँग मात्रै होइन, नागरिकसँग संवाद गर्नुपर्छ।

आफूले बैठकमा नेताहरुको कुरा सुनेपछि लागेको कुरा व्यंग्यात्मक रुपमा प्रस्तुत हुँदै महामन्त्री थापाले भने, ‘यहाँ साथीहरुका कुरा सुनिरहँदा लाग्छ- नेताको लोकप्रियता बढेको छ। सब ठीक छ। समस्या, महामन्त्री बढी बोल्छ। त्यसले मौनव्रत राखे ठीक हुन्छ।’

उनले प्रश्न गरे, ‘न यो आत्मनिन्दा गर्ने बेला हो न आत्मश्लागा। हामीले जितेर पनि जन्तीजस्तो भाव आइरहेको छैन? फुटबलमा हारेको टिम जस्तो किन छौं?’

देउवाले आफैंलेभन्दा उनलाई बढी माया गरिरहेका उनका अनुयायीतर्फ लक्षित गर्दै गगनले आफ्नो भनाइको बीचतिर थपे- ’सभापतिज्यूलाई  चाहिँ मैले पनि प्रयास (नेतृत्वका लागि) गरेकै हो, यसले पनि गरिरहेको छ, ठीकै छ भन्ने लागेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्ता अनुयायीतिर लक्षित गर्दै उनले फरक मतले पार्टी जीवन्त हुने बताए। ‘बहुमत र अल्पमतले पार्टीले चल्दैन, पार्टीको आत्मा चल्नुपर्छ। नेतृत्व परिवर्तनको प्रयास हुन्छ, फरक मत दर्ज हुन्छ भने पार्टी चल्छ। यो (सभापति)को आसनमा शुशील कोइराला बस्दै गर्दा पनि यस्तै भएको हो।’

सञ्चारमाध्यममा महामन्त्रीले सभापति देउवाको आलोचना गरेको भनेर प्रश्न गर्नेलाई गगनले मुखभरीको जवाफ फर्काए, ‘म नेपाली कांग्रेसको महामन्त्री। फलाना-फलाना मन्त्री हुनुभयो भनेर मैले पत्रिकामा पढेर थाहा पाएपछि उत्तर पनि पत्रिकामै दिन्छु।’

आफूहरुलाई सभापति देउवाले कुनै पनि प्रक्रियामा सामेल नगराएको बताउँदै उनले प्रश्न गरे- ‘हामीले पार्टीको हित वा अहितमा हुने निर्णय प्रक्रियामा सामेल हुन पाउने तर उहाँहरुले निकालेका निष्कर्षकै भारी मात्रै बोक्दिने हो?’

उनले देउवालाई आसपासमा बसेर धुप जलाउनेको नभइ नागरिकसँग संवाद गर्नुपर्ने बेला भएको बताए। उनले थपे, ‘विगतलाई नियाल्दा यस्तो बेलामा पार्टीको नेतृत्व कम्फर्ट जोनबाट बाहिर निस्किनुपर्दो रहेछ। आसपासबाट धुपसुप जलाउनेसँग होइन, झ्यालबाट चिहाउने पनि होइन, किन रिसायो भनेर नागरिकसँग संवाद गर्नुपर्दो रहेछ। त्यसपछि उनीहरुले आफ्ना कुरा भन्छन्, नेतृत्वले त्यसैलाई लिएर पार्टी जुरुक्क उचाल्न सक्छ।’

उनले नागरिकहरु असन्तुष्ट रहेको आफूले बताएका छन्। कांग्रेसको आह्वानमा व्यवस्था बदल्न साथ दिएका नागरिकले अवस्थाका विषयमा प्रश्न गरिरहेको उनले उल्लेख गरे। थापाको भनाइ थियो, ‘नागरिकहरु भनिरहेका छन्- आह्वानमा साथ दियौं। अवस्था किन बदलिएन। भ्रष्टाचार हटाउँछौं भन्थ्यौं। हरेक दिन रेडियोमा त्यस्तै समाचार आइरहेका छन् र त्यहाँ तिमीहरुकै नाम जोडिएको हुन्छ।’

उनले आमजनको भान्सादेखि खेतसम्म खाली रहेको बताए। यस्तो निराशा चिर्न कांग्रेसले नेतृत्व लिनुपर्ने उल्लेख गरे। त्यस्तो गर्न नसक्दा सरकारमा रहनुको अर्थ नरहेको उनले दाबी गरे। उनले भने, ‘सरकारमा हामी हिजो पनि थियौं। आज पनि छौं, भोलि पनि हुन्छौं। सरकारमा हामी हुँदा के हुन्छ? हामी सरकार नभए नागरिकले के पाउँदैनथ्यो, सरकारमा भएका कारण के पायो?’

त्यसअघि महामन्त्री शर्माले देउवा पक्षधर नेताहरुलाई छायाँजस्तो नभइ ऐना जस्तो बन्न सुझाए। छायाँ भएमा देउवा जता हल्लियो त्यतै मात्र हल्लिने बताउँदै ऐनाले सत्य देखाउने भन्दै व्यंग्य गरे।

लाक्षणिक रुपमा देउवागुटका नेताहरुलाई कटाक्ष गर्दै उनले भने, ‘सभापतिज्युलाई छायाँजस्ता अनुयायी पनि चाहिन्छन्- आफू जता हल्लियो त्यतै हल्लिने। तर, ऐना जस्तो साथी त्योभन्दा बढी उपयुक्त हुन्छन्। ऐनाले सत्य देखाउँछ। सभापतिज्यूले आफ्ना अनुयायीलाई भन्न सक्नुपर्छ- साथीहरु हो, बेला-बेला ऐना जस्तो भएर साथ देऊ न।’

ऐनाले सभापति देउवाको कमजोरीसमेत देखाउन सक्नेतर्फ उनले संकेत गरेका हुन्। जसले कांग्रेसको वर्तमान कार्यशैलीलाई सच्याउने उनको भनाइ थियो। तर, अहिले देउवासँग छायाँजस्ता नेता भएकाले उनको कमजोरी नऔंल्याएर कमजोरीलाई नै सही ठहर्‍याएर अघि बढिरहेकोतर्फ उनले संकेत गरे।

समयमै बैठक बसाउने कुरा, भातृ संगठनलाई चुस्त-दुरुस्त बनाउने कुरा र विधिविधानअनुसार पार्टी चलाउने कुरालाई ‘गाली’ नठान्न आग्रह गरे। उनले गाली र आलोचनाबीचको फरक छुट्याउन भने। आलोचनाको आवश्यकता बोध गराउँदै विश्वप्रकाशले थपे- ‘हाम्रा आदरणीय नेता बीपी कोइरालाले २०१५ सालमा समीक्षा पत्रिकाका सम्पादक बोलाएर सरकारको आलोचना गरिदिन आग्रह गर्नुभएको थियो। हामीलाई महामन्त्री बनाएको राम्रो गरेर जानका लागि हो।’

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १९:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्