• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

सुर समीक्षा : जबर्जस्त सन्देश घुसाइएको औसत  भजन 'दमाई महाराज' 

64x64
डिबी खड्का शनिबार, साउन ६, २०८०  १९:४७
1140x725

काठमाडौं- तीजका गीतले युट्युब हरियो भइरहेका बेला लोकगायक प्रकाश सपुत नयाँ गीतमा पितवस्त्रसहित आएका छन्। बेमौसमी हरियोले आँखा टट्याइरहेका बेला सपुतको 'दमाई महाराज'ले संगीत पारखीलाई एकछिन शीतल महसुस गराउँछ। 

गीतमा 'भेराइटी' रुचाउने सपुतले यो गीतबाट भजन गाउने आफ्नो 'रुची' पूरा गरेका छन्। भिडियोमा देखिएको लघु-कथामाथि कैंची चलाउने हो भने यो मात्रै 'भजन' हो! भजनकै कोटीमा राखेर मापन गर्ने हो भने औसत लाग्छ। 

एक दिनमा १३ लाख भन्दा बढीले हेरिसकेर युट्युब ट्रेन्डिङको एक नम्‍बरमा उक्लिएको गीतले प्रशंसा नै कमाइरहेको छ। किनभने समग्रताबाट नियाल्दा यसले बिद्रोहको बिगुल फुकेको छ। परिवर्तनका लागि प्रेरित गरेको छ।

अघिल्ला गीतहरुमा उनले गीतबाटै समाजका विसंगत पाटाहरु उधिन्न खोजे। गीतका टुक्काबाटै झटारो हाने, गीतका लाइनबाटै मन हुँडुले  र गीतका पङ्तिबाटै परिवर्तनका लागि प्रेरित गरे। गीत चर्चित भए। विवादित भए। मन पराइए। गाली गरिए। सवथोक गरिए तर उनको सिर्जनशीलतालाई लिएर 'वाह' नै भनिए। 

'दमाइ महाराज'मा गीतबाटै त्यस्तो केही भनिएको छैन। सुरुवात र अन्तिमका संवाद 'स्किप' गरेर संगीत मात्रै सुन्ने हो भने यसपल्ट सिर्जनशील सपुत 'गायब' छन्। भगवान मनमा रहने एउटा परम्परागत थिममा उनले टुक्काहरु उन्दै लगेका छन्। उनाइ र बुनाइ उति खँदिलो बनेको छैन। गीतलाई आध्यात्मिक बनाउन खोजेका छन् तर यसअघिका गीतहरुमा जस्तो हरफहरुले नै दिमाग रन्थन्याउँदैन। 'मन'माथि लेखिएका गीतका लाइनहरु मनमा गढ्नुपर्ने हो तर मनलाई विस्तारै छोएर मात्रै जान्छन्! 

 

आम सर्जककै दाँजोमा राखेर हेर्ने हो भने उनको सिर्जनाको स्तर माथि नै छ। उनले नै लगातार फरक स्वादको संगीत चखाएर संगीतप्रेमीको अपेक्षा बढाइदिएका छन्। त्यही उकालिएको अपेक्षाको परिणाम पनि 'दमाइ महराज' औसत लागेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

गीत औसत भएपनि कथा बनोट भने मनमोहक नै छ। मन्दिर पसेको निहुँमा गाउँबाट लखेटिएको एउटा दलित युवकको सकारात्मक 'बदला' देखाउन खोजिएको छ। जातीय विभेदका विरुद्ध सन्देश प्रवाहका दृष्टिले भने यो जबर्जस्त सिर्जना हो। मधुर संगीत र कथामा 'सस्पेन्स'ले डोर्‍याउँदै उनले अन्तिममा सपुतले घतलाग्दा संवाद बोलेका छन्। गीतले भन्दा संवादले मन हल्लाउँछन्। दिमाग रन्थन्याउँछन्। आँशु तुरुक्क पार्न बाध्य पार्छन्। 

भिडियोमा देखिएको सपुतको स्वरुप स्वभाविक छ। त्यही अनुसार अन्य दृष्यहरु पनि 'कोरियोग्राफी' गरिएका छन्। जुन दर्शनीय लाग्छन्। तर, द्रव्यदातालाई चाहिने भन्दा बढी खुशी पार्न खोजिएको छ। जसले गर्दा भिडियोमा एकहोरिएका आँखा र शान्त बन्दै गएको दिमागले निरन्तरता गुमाउँछन्। त्यस्तै दृष्यहरु दोहोरिरहँदा भने निश्चित ब्रान्डको प्रमोशन हो कि गीतको म्युजिक भिडियो हो? भन्नेसम्मको दोधारमा ल्याइपुर्याउँछ।

यसलाई 'गलबन्दी' र 'बोलमाया'को निरन्तरता भनिएको छ। त्यसो नभन्दा पनि फरक नपर्नेगरी यो गीत प्रस्तुत गरिएको छ। ती दुई गीतको शब्द-भावमा विपरितार्थ तर संगतीमा सामिप्यता भेटिन्थ्यो। एउटा वियोग र अर्को संयोगका ती गीतको मुलकथामा एकरुपता थियो। 

'गलबन्दी'को अन्तिममा लखेटिएको केटोले आमा(अञ्जली अधिकारी)लाई खत लेख्दै 'बाबाको सपना' पूरा गर्न फर्किने बताएको थियो। त्यही निरन्तरताका साथ हेर्ने हो भने सपुतबाट 'भुलचुक' महशुस हुन्छ।

Xtrem

Xtrem

saput 21690035408.JPG

'गलबन्दी'को सुरुवातमा आमाले उसको बाबाको सपना 'हिरो' बन्ने रहेको बताएकी थिइन्। तर,  ऊ सन्त भएर फर्किएको छ। बाबाको सपना होइन, ऊ यसपल्ट आफ्नै बदलाका लागि फर्किएको देखिन्छ। जुल्फीमुनि रुमाल बाँध्ने त्यो 'बाबा (पिता)' र जुल्फीमुनि चन्दन घस्ने यो बाबा (सन्त) बीचको तादम्यता भेटिदैन। कि हिरो बन्ने सपना 'परदेशी- २' बाट पूरा भइसकेको महशुस भयो होला प्रकाश सपुतलाई!

मैले यसपल्ट प्रकाशको गीतमा सबैथोक भेटिनँ।  एकातिर बगेको संगीत र अर्कातिरबाट जोडिएको कथामा मन बुझाउन सकिनँ। उनीबाट उत्कृष्टताको अपेक्षा गर्ने मेरोजस्तै असन्तोषी मनका लागि उनले यही गीतमा यस्ता शब्द राखेका होलान् :

सबै छ भन्छन् संसारमा तर सवै छैन

आफ्नो मन आफैंले बुझाउने हो मनको दबाइ छैन

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै बुधबार, असोज २१, २०८३
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने बुधबार, असोज २१, २०८३
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्