काठमाडौं- लागूऔषध नियन्त्रण ब्युरोले २ किलो अफिम र २२ किलो चरेससहित गए राति बल्खुबाट दुईजनालाई पक्राउ गरेको छ।
ब्युरोले अफिम र चरेससहित मकवानपुरका राजकुमार मोक्तान र दर्जकुमार तामाङलाई पक्राउ गरेको हो।
पछिल्लो समय मकवानपुरमै अफिम खेती भइरहेको छ भन्ने कुरालाई यस घटनाले पुष्टि गरेको प्रहरीले जनाएको छ।
राजकुमार मोक्तान प्रहरीको सूचीमा रहेका चरेश कारोबारी हुन्। पक्राउ परेका दुवै जनालाई ब्युरोले मंगलबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।