• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फ्लाई ओभरको काम किन रोकियो?,  कहिले हुन्छ ग्वार्को जाममुक्त? 

64x64
ईश्वर बराल बुधबार, साउन ३, २०८०  १८:१७
1140x725
तस्बिर: निमेशजंग राई

काठमाडौं– उपत्यकाको निकै व्यस्त सडकको रुपमा रहेको ग्वार्को चोकमा बन्दै गरेको फ्लाई ओभर निर्माणको काम सुरु भएको करिब ५ महिनामै ठप्प भएको छ। ग्वार्को चोकमा माघ २७ गतेबाट फ्लाई ओभर निर्माण कार्य सुरु भएको थियो।

१४ महिनामा सक्ने लक्ष्यसहित सुरु भएको निर्माण कार्यले गति नलिँदै काम रोकिन पुगेको छ। फ्लाई ओभर बनेर अबिलम्व जामबाट मुक्त हुने सपना बोकेका यात्रु र सवारी चालकहरुले अहिले भोग्दै गरेको कष्ट अझै बढ्ने देखिएको छ। 

फ्लाई ओभर निर्माणले गर्दा बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चार पाङ्ग्रे सवारी साधनलाई द्रूतमार्गबाट सञ्चालन गरिएको थियो। फ्लाई ओभरको कामले गति लिए अबको करिब ९ महिनामा राहत मिल्थ्यो। तर फ्लाई ओभरको डिजाइनमै समस्या देखिएपछि काम रोकिन पुगेको छ। 

fly-over-2 copy1689769449.jpg

करिब ३ साताअघि उक्त समस्या थाहा लागेपछि काम स्थगित हुन पुगेको थियो। त्यसो त समस्या भने करिब २ महिना अघिबाटै देखिएको सरोकारवालाहरु बताउँछन्। अब कसरी र कहिले काम सुरु हुने हो भन्ने अन्योल रहेको बताउँछन् भौतिक मन्त्रालयका कार्मचारीहरु। 

के समस्या आइलाग्यो त?
फ्लाई ओभर बनाउने ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले पाएको थियो। यो ठेक्का इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन विधिअनुसार भएको थियो। यो विधि अनुसार निर्माण व्यवसायीले नै योजनाको डिजाइन गर्छन्। सोही डिजाइनलाई सडक विभागले स्वीकृत गरेको थियो। 

डिजाइन स्वीकृत गर्दै विभागले केही सुझाव दिएको थियो निर्माण कम्पनीलाई। सोही अनुसार निर्माण कम्पनीले फ्लाई ओभरको जगमा परिवर्तन गरिएको थियो। अहिले पनि जगमै समस्या देखिएको बताउँछन् विभागका कर्मचारी। जमिनमुनिको भाग खन्ने क्रममा डिजाइन गरिएभन्दा फरक किसिमको माटो देखिएपछि काम प्रभावित भएको निर्माण कम्पनी बताउँछ। 

सडक विभागका गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जन भने डिजाइन अनुसार काम गर्दै जाँदा माटोको लोड क्षमतालाई लिएर समस्या उत्पन्न भएको बताउँछन्। त्यसैका लागि पुन: डिजाइनकै अध्ययन गर्नुपर्ने अवस्था आएको महर्जन बताउँछन्। 

Ncell 2
Ncell 2

fly-over-1 copy1689769449.jpg

महर्जन भन्छन्, ‘एमएसी वाल र पुलबीचको बाटोमा माटो पुर्दा त्यसले लोड धान्छ वा धान्दैन भन्ने सवालमा यकिन निर्माण पक्ष र हामी पनि प्रष्ट हुन सकेनौं। डिजाइनमा उहाँहरुले रिभाइजेसन गरिसक्नु भएको छ।’ 

कहिले काम अघि बढ्छ भन्ने नेपाल लाइभको प्रश्नमा महर्जन भन्छन्, ‘हामीहरु अध्ययनको चरणमा छौं। अब छिट्टै काम पूर्ण रुपमा प्रारम्भ हुन्छ। अहिले पनि काम त पूर्ण रुपमा ठप्प भएको छैन। काम भइरहेको छ। त्यही समस्या आएको जगको पुन:अध्ययन भएको हो।’

महर्जन निर्माण कम्पनीले समयमै काम सक्नेमा भने विश्वस्त छन्। उनी कुनै पनि बहानाले व्यवसायीलाई समय थप नहुनेमा सचेत गराउँछन्। कुनै अकल्पनीय विपत्ति आएमा मात्र अन्यथा यसअघि नै निर्धारण गरेको समयमा काम सक्नुपर्ने उनको भनाइ छ।

कस्तो बन्दैछ त फ्लाई ओभर?
एमएसी वालको प्रयोग गरी ६ मिटर उचाइको फ्लाई ओभर तयार गर्ने योजना छ। चार लेन सडकको बीच खण्डमा ३५ मिटर लामो पुल सहित करिब ५४० मिटर लामो संरचना रहनेछ । 

बालकुमारीतर्फ फ्लाई ओभर २८० मिटर लामो र्‍याम रहने र सातदोबाटोतर्फ १७५ मिटर लम्बाइको र्‍याम रहने बताइएको छ। रिङरोडमा रहेको ८ लेनमध्ये ४ लेनलाई उठाएर रिङरोडमा फ्लाई ओभर निर्माण गरी रिङरोडको जाम हटाउन यसले सहयोग पुर्‍याउने सरकारको दाबी छ। 

फ्लाई ओभर बनेपछि कलंकी–कोटेश्वर सडक मार्गमा सवारी फ्लाई ओभरबाट गुड्नेछन्। ग्वार्को–लामाटार र ग्वार्को–पाटनको सवारी ओभरपासको सडकबाट गुड्नेछन्। यसको लागत कुल १७ करोड ६८ लाख हुने अनुमान गरिएको छ।

fly-over-41689769450.jpg

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’ सर्वोच्च अदालतले सडक विस्तार रोक्न आदेश दिइसक्दा पनि सरकारले संरचना भत्काउन थालेपछि उनले सामाजिक सञ्जाल एक्समार्फत् हेटौँडामा कानुनी... शनिबार, मंसिर २०, २०८२
नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता हो : राष्ट्रपति पौडेल ललितपुर महानगरको नवनिर्मित भवनको आज यहाँ आयोजित विशेष समारोहमा उद्घाटन गर्दै उनले प्रभावकारी सेवा प्रवाह र सुशासन कायम गर्नेतर्फ सबै... शनिबार, मंसिर २०, २०८२
हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू,५ सय सुरक्षाकर्मी परिचालन सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको... शनिबार, मंसिर २०, २०८२
ताजा समाचारसबै
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य शनिबार, मंसिर २०, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू,५ सय सुरक्षाकर्मी परिचालन शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्