• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फ्लाई ओभरको काम किन रोकियो?,  कहिले हुन्छ ग्वार्को जाममुक्त? 

64x64
ईश्वर बराल बुधबार, साउन ३, २०८०  १८:१७
1140x725
तस्बिर: निमेशजंग राई

काठमाडौं– उपत्यकाको निकै व्यस्त सडकको रुपमा रहेको ग्वार्को चोकमा बन्दै गरेको फ्लाई ओभर निर्माणको काम सुरु भएको करिब ५ महिनामै ठप्प भएको छ। ग्वार्को चोकमा माघ २७ गतेबाट फ्लाई ओभर निर्माण कार्य सुरु भएको थियो।

१४ महिनामा सक्ने लक्ष्यसहित सुरु भएको निर्माण कार्यले गति नलिँदै काम रोकिन पुगेको छ। फ्लाई ओभर बनेर अबिलम्व जामबाट मुक्त हुने सपना बोकेका यात्रु र सवारी चालकहरुले अहिले भोग्दै गरेको कष्ट अझै बढ्ने देखिएको छ। 

फ्लाई ओभर निर्माणले गर्दा बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चार पाङ्ग्रे सवारी साधनलाई द्रूतमार्गबाट सञ्चालन गरिएको थियो। फ्लाई ओभरको कामले गति लिए अबको करिब ९ महिनामा राहत मिल्थ्यो। तर फ्लाई ओभरको डिजाइनमै समस्या देखिएपछि काम रोकिन पुगेको छ। 

fly-over-2 copy1689769449.jpg

करिब ३ साताअघि उक्त समस्या थाहा लागेपछि काम स्थगित हुन पुगेको थियो। त्यसो त समस्या भने करिब २ महिना अघिबाटै देखिएको सरोकारवालाहरु बताउँछन्। अब कसरी र कहिले काम सुरु हुने हो भन्ने अन्योल रहेको बताउँछन् भौतिक मन्त्रालयका कार्मचारीहरु। 

के समस्या आइलाग्यो त?
फ्लाई ओभर बनाउने ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले पाएको थियो। यो ठेक्का इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन विधिअनुसार भएको थियो। यो विधि अनुसार निर्माण व्यवसायीले नै योजनाको डिजाइन गर्छन्। सोही डिजाइनलाई सडक विभागले स्वीकृत गरेको थियो। 

डिजाइन स्वीकृत गर्दै विभागले केही सुझाव दिएको थियो निर्माण कम्पनीलाई। सोही अनुसार निर्माण कम्पनीले फ्लाई ओभरको जगमा परिवर्तन गरिएको थियो। अहिले पनि जगमै समस्या देखिएको बताउँछन् विभागका कर्मचारी। जमिनमुनिको भाग खन्ने क्रममा डिजाइन गरिएभन्दा फरक किसिमको माटो देखिएपछि काम प्रभावित भएको निर्माण कम्पनी बताउँछ। 

सडक विभागका गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जन भने डिजाइन अनुसार काम गर्दै जाँदा माटोको लोड क्षमतालाई लिएर समस्या उत्पन्न भएको बताउँछन्। त्यसैका लागि पुन: डिजाइनकै अध्ययन गर्नुपर्ने अवस्था आएको महर्जन बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

fly-over-1 copy1689769449.jpg

महर्जन भन्छन्, ‘एमएसी वाल र पुलबीचको बाटोमा माटो पुर्दा त्यसले लोड धान्छ वा धान्दैन भन्ने सवालमा यकिन निर्माण पक्ष र हामी पनि प्रष्ट हुन सकेनौं। डिजाइनमा उहाँहरुले रिभाइजेसन गरिसक्नु भएको छ।’ 

कहिले काम अघि बढ्छ भन्ने नेपाल लाइभको प्रश्नमा महर्जन भन्छन्, ‘हामीहरु अध्ययनको चरणमा छौं। अब छिट्टै काम पूर्ण रुपमा प्रारम्भ हुन्छ। अहिले पनि काम त पूर्ण रुपमा ठप्प भएको छैन। काम भइरहेको छ। त्यही समस्या आएको जगको पुन:अध्ययन भएको हो।’

महर्जन निर्माण कम्पनीले समयमै काम सक्नेमा भने विश्वस्त छन्। उनी कुनै पनि बहानाले व्यवसायीलाई समय थप नहुनेमा सचेत गराउँछन्। कुनै अकल्पनीय विपत्ति आएमा मात्र अन्यथा यसअघि नै निर्धारण गरेको समयमा काम सक्नुपर्ने उनको भनाइ छ।

कस्तो बन्दैछ त फ्लाई ओभर?
एमएसी वालको प्रयोग गरी ६ मिटर उचाइको फ्लाई ओभर तयार गर्ने योजना छ। चार लेन सडकको बीच खण्डमा ३५ मिटर लामो पुल सहित करिब ५४० मिटर लामो संरचना रहनेछ । 

बालकुमारीतर्फ फ्लाई ओभर २८० मिटर लामो र्‍याम रहने र सातदोबाटोतर्फ १७५ मिटर लम्बाइको र्‍याम रहने बताइएको छ। रिङरोडमा रहेको ८ लेनमध्ये ४ लेनलाई उठाएर रिङरोडमा फ्लाई ओभर निर्माण गरी रिङरोडको जाम हटाउन यसले सहयोग पुर्‍याउने सरकारको दाबी छ। 

फ्लाई ओभर बनेपछि कलंकी–कोटेश्वर सडक मार्गमा सवारी फ्लाई ओभरबाट गुड्नेछन्। ग्वार्को–लामाटार र ग्वार्को–पाटनको सवारी ओभरपासको सडकबाट गुड्नेछन्। यसको लागत कुल १७ करोड ६८ लाख हुने अनुमान गरिएको छ।

fly-over-41689769450.jpg

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन मन्त्रालयको विद्यालय शिक्षा शाखाले सोमबार ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै राजनीतिक दलका कार्यक्रममा स... मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी महासभामा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले महासभामा पर्सी सम्बोधन गर्ने भएका छन् । आज प्रधानमन्त्री वालेन प्रस्थान गरेका छन् । उ... मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा सम्भावित जोखिमबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ जल तथा मौसम विज्ञ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्