• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

छालामा हुने फंगल र ब्याक्टेरियल संक्रमण के हो?

64x64
नेपाल लाइभ सोमबार, साउन १, २०८०  ०९:१२
1140x725
प्रतिकात्मक तस्बिर

काठमाडौं उपत्यकाका प्रमुख सरकारी अस्पतालहरु वीर, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छालाको उपचारका लागि पुग्ने बिरामीमध्ये पहिलो नम्बरमा एक्जिमाका बिरामी पर्छन् भने दोस्रो नम्बरमा रहेको समस्या हो, फंगल इन्फेक्सन (संक्रमण)।

गर्मीमा पसिना, वायुमा आद्रताको वृद्धि अनि शरीर गुम्सिनाले यो रोग लाग्छ। यो एक प्रकारको ढुसी (फंगाइ) को कारण हुन्छ। कास लाग्नु, खुट्टा पानी/हिलोले खानु, घाँटी वरपर सेतो दुबी आउनु, नङ पहेंलो हुनु, बाक्लो हुनु, दाद आउनु, १६ वर्षभन्दा मुनिका बालबालिकाको कपालमा खोइरो लाग्नु फंगल इन्फेक्सन हो। 

फंगल इन्फेक्सन हुँदा हात र खुट्टाको औँलाको बीचमा चिलाउने, रातो हुने र छाला उप्किएर छालामा टिकटिक सेतो छाला देखापर्ने, छालामा गोलो रिङ आकार बन्ने, छालामा फोका उठ्ने, कपाल झरेर घाउ हुने लगायतका समस्या देखा पर्छन्। 

यो पनि पढ्नुहोस

धेरै मानिसमा देखिएको छालाको समस्या ‘एक्जिमा’ के हो?

पानीमा धेरै काम गर्ने, दिनभर जुत्ता लगाउनुपर्ने, कस्सिएको (टाइट) कपडा/भित्री वस्त्र लगाउने व्यक्तिमा फंगल इन्फेक्सनको समस्या बढी देखिने पाटन अस्पतालका प्रमुख कन्सल्टेन्ट छाला रोग विशषेज्ञ प्राडा भाष्करमोहन कायस्थले बताए। पाटन अस्पतालमा छालासम्बन्धी समस्या लिएर आउने करिब १ सय जना बिरामीमध्ये गर्मीमा फंगल इन्फेक्सनका २० प्रतिशतजति हुन्छन्। 

‘गर्मी महिनामा पसिना गुम्सिन्छ। तापक्रम र पसिना गुम्सिदा संक्रमण हुने सम्भावना बढी हुन्छ,’ उनले भने। 

समयै उपचार नगरे यो संक्रमण शरीरमा फैलदै जान्छ। फंगल इन्फेक्सन बढी गर्मी महिनामा बढी हुने भएकाले कस्सिएको र शरीर निकै गुम्सिने कपडा नलगाउन उनको सुझाव छ। फंगल इन्फेक्सन एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले तौलिया लगायत कपडाहरु साझा रुपमा प्रयोग गर्नु हुँदैन। 

गर्मी महिनामा फंगल इन्फेक्सनको समस्या बढ्ने गरेको त्रिवि शिक्षण अस्पतालका छाला रोग विशेषज्ञ प्राडा द्वारिका श्रेष्ठ बताउँछन्। यो अस्पतालमा करिब २ सयमध्ये २० जना बिरामी फंगल इन्फेक्सनको हुने गरेको उनले बताए। वीर अस्पतालमा फंगल इन्फेक्सनको समस्या लिएर जाने बिरामीको संख्या करिब ३८ जना हुन्छन्। 

ब्याक्टेरियल संक्रमण (घाउ–खटिरा)
छालासम्बन्धी देखिने अर्को आम समस्या हो, ब्याक्टेरियल संक्रमण। बच्चा र वयस्कहरुमा देखिने ब्याक्टेरियल संक्रमण फरक हुन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बच्चाको नाकको वरिपरि पहेलो घाउ आउँछ। यो घाउ दुख्दैन, चिलाउँदैन। खुट्टामा ठूला पिपका फोकाहरु आउँछ। टाउकोमा स–साना पिलो आउने पनि हुन्छ। कुनै ठाउँमा चोट लाग्यो भने ब्याक्टेरियल संक्रमणका कारण पाक्ने समस्या पनि हुन्छ।  

ब्याक्टेरियल संक्रमण दुई किसिमको हुन्छ। एक, प्राइमरी ब्याक्टेरियल संक्रमण र दोस्रो, सेकेण्डरी ब्याक्टेरियल संक्रमण। सरसफाइको कमी लगायत विभिन्न कारणले आफैँ घाउ–खटिरा आउनु प्राइमरी ब्याक्टेरियल संक्रमण हो। चिलाएको ठाउँमा, दाद आएको भागमा कन्याउँदा ब्याक्टेरियल संक्रमणका कारण घाउ पाक्नु सकेण्डरी संक्रमण हो।

ब्याक्टेरियल संक्रमण सरुवा रोग र सरसफाइको कमीका कारण हुने भएकाले बालबालिकामा सहजै सर्ने पाटन अस्पतालका डा कायस्थले बताए। मधुमेह भएका बिरामीलाई पनि घाउ–खटिरा आउने समस्या भइरहन्छ। बालबालिकामा हुने संक्रमणको समयमै उपचार गर्न आवश्यक रहेको उनले बताए। 

‘बच्चामा छालामा हुने ब्याक्टेरियल संक्रमण छ भने समयमै उपचार चाहिन्छ। समयमै उपचार भएन भने मिर्गौला रोग निम्त्याउन सक्छ,’ उनले भने। 

Xtrem

Xtrem

अभिभावकलाई आफ्ना बच्चाको सरसफाइमा ध्यान दिन, समस्या छ भने समयमै उपचार गर्न र फोहोरमैलामा खेल्न नदिन उनको सुझाव छ। 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्