• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

४५ दिनदेखि सहकारीका बचतकर्ता धर्नामा, सांसद भन्छन्- सरकारकै कारण सहकारी जोखिममा

64x64
नेपाल लाइभ आइतबार, असार ३१, २०८०  १९:२०
1140x725

काठमाडौं- निक्षेप रकमको सावाँ र ब्याज अबिलम्व फिर्ता गर्न माग राख्दै सहकारीका बचतकर्ताहरुले ४५ दिनदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन्। उनीहरुले आफूहरुको बचत रकमको ब्याज र बोनस मात्रै नभएर मुलधन नै उच्च जोखिममा परेको भन्दै फिर्ता गराउन सरकारसँग अनुनय गरिरहेका छन्।

सहकारी पीडितहरुको सडकका मागले सदनमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्ने अधिकांश सांसदहरुले सहकारी नियमन गर्न बेग्लै शक्तिशाली संस्था बनाउनुपर्ने माग गरेका छन्। साथै, सहकारीबाट पीडित भएकाहरुलाई न्याय दिन पनि सरकार समक्ष माग गरेका छन्। यस्तै, सहकारीहरु यो स्तरको जोखिममा पुग्नुमा राज्य पनि जिम्मेवार रहेको आरोप पनि सांसदहरुले लगाएका छन्। 

‘सांसदहरुको घरघरमा केही दिनअघिसम्म सहकारी पीडितहरुको रुवाबासी चल्थ्यो। अहिले घरघरमा धाएर, रुवाबासी गरेर भएन भनेर सबैलाई सुनाइरहेका छन्। आज यिनको जे अवस्था भएको छ, एक हदसम्म यसको जिम्मेवार राज्य पनि हो। अनुगमन गर्ने निकायले राम्रो अनुगमन गरेन,’ कांग्रेस महामन्त्री समेत रहेका सांसद गगनकुमार थापाले राज्यको गैरजिम्मेवारपनको उजागर गरे। 

त्यस्तै, अर्का महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले केही सहकारीको कमजोरीको कारण सबै सहकारीहरु आलोचित हुन पुगेकोले नियमन गर्न शक्तिशाली निकाय गठन गर्नुपर्ने माग गरे।

‘सहकारीकर्मी आन्दोलित छन्। केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएका पनि छन्। सरकारले यसको नियमन गर्न एउटा शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्नेछ,’ सांसद शर्माले सरकारसँग आग्रह गर्दै भने, ‘सहकारीकर्मीसँग संवाद गरी माग पूरा गर्न आग्रह गर्छु।’

राप्रपा सांसद ज्ञानबहादुर शाहीले सहकारीहरुले जनताको पैसा उठाएर हिनामिना गर्दा पनि राज्यले कारबाही नगरेको आरोप लगाएका छन्। 
‘सहकारी पीडितले आन्दोलन गरिरहेका छन्। जनताको पैसा उठायो, सहकारीमा राख्यो, लुट्यो। तिनीहरुलाई कानुनी कारबाही गर्ने कि नगर्ने?,’उनले सरकार समक्ष प्रश्न गरेका छन्।

कांग्रेस सांसद श्याम घिमिरेले तीन खम्बे अर्थनीतिमध्येको सहकारी खम्बा भत्किएको भन्दै चिन्ता व्यक्त गरेका छन्। ‘सरकारले स-गौरव घोषणा गरेको तीन खम्बे अर्थनीतिमध्ये एउटा खम्बा भत्किसकेको छ। सहकारीहरु भागेका छन्। बन्द गरेर हिँडेका छन्। सहकारी क्षेत्र जोखिममा परेको छ,’ सांसद घिमिरेले भने, ‘सहकारीलाई नियमन गर्ने संस्था बनाइयोस्।’

उनले सहकारीहरुको मर्जर गर्नमा प्रोत्साहन गर्नुपर्ने र राज्यले केही रकम ऋण दिएर भए पनि बचाउनुपर्ने माग गरेका छन्।  

Ncell 2
Ncell 2

‘सहकारीको कारोबारलाई राष्ट्रिय वित्तीय प्रणालीमा जोडियोस्। केही रकम ऋण दिएर भएर पनि सहकारी बचाउने काम गरियोस्। सहकारीको मर्जर नीतिलाई कडाइका साथ कार्यान्वयन गरियोस्,’ सांसद घिमिरेले भने। 

कांग्रेसका अर्का सांसद अर्जुननरसिंह केसीले सहकारीका बचतकर्ताको बचत पुँजी सुरक्षित हुनुपर्ने माग गरेका छन्। ४ खर्ब ७८ अर्ब बचत रहेको ३० हजार ७७९  सहकारीका ७३ लाख ३७ हजार सेयर होल्डरहरु अत्यन्त गम्भीर भएर सहकारी विरुद्ध आन्दोलन गरिरहेको भन्दै सांसद केसीले सरकारको त्यसमा ध्यान जानुपर्ने माग गरेका छन्। 

‘यति गम्भीर स्थितिमा पनि सरकारले के गरिरहेको छ, थाहा हुन सकेन। त्यसकारण यो बचत पुँजीको बारेमा सरकारले के गरिरहेको छ, सदनलाई जानकारी दिइयोस्,’ सांसद केसीले माग गरेका छन्। 

उता सांसद थापाले सरकारले लामो समयपछि वैशाख अन्तिम साता गठन गरेको कार्यदलको प्रतिवेदन तत्काल कार्यन्वन गर्न माग गरेका छन्। 

‘प्रतिवेदनले सुझाएको दीर्घकालीन अबलम्वन गर्नुपर्ने सुझाव अबलम्वन गर्नुपर्छ नै। तर त्यो भन्दा बढी कुरा जसको अहिले रकम रोकिएको छ तीनको रकम फिर्ता गर्नका लागि यो बुँदामा समेटिएको कुरा आजैबाट प्रराम्भ गरियोस्,’ सांसद थापाले भने, ‘हामी सहकारी पीडितको समाचार होइन उनीहरुले न्याय पाएको समाचार सुन्न चाहन्छौं।’

सरकारले वैशाख २६ गते अध्ययन कार्यदल बनाएको थियो। उक्त कार्यदलले पछिल्लो हप्ताको सोमबार मात्र २७ बुँदामा आफ्नो प्रतिवेदन बुझाइसकेको छ। 

पीडितहरूले आइतबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म बृहत प्रदर्शन गरेका छन्। सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समितिको आयोजनामा आइतबार बिहानैदेखि भएको प्रदर्शनमा प्रहरीले करिब १ दर्जनलाई गिरफ्तार गरेको छ। 

प्रदर्शनको क्रममा केही आन्दोलनकारी घाइते पनि भएका छन्। आफूहरूले बचत गरेको रकमको ब्याज, बोनस मात्र नभएर मुलधन नै जोखिममा परेको भन्दै सहकारी लगानीकर्ताहरू ४५ दिनदेखि माइतीघरमा आएर विभिन्न विरोधका कार्यक्रमहरू गरिरहेका छन्।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टी फुटेको होइन, परिस्थिति बनाएर सानेपा जान्छौँ : प्रदीप पौडेल
न्युजिल्यान्डद्वारा इरानस्थित दूतावास बन्द
गगन थापा समूहको दाबी : विधान कार्यान्वयन गर्न विशेष महाधिवेशन गरेका हाैँ
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो । शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो निगमले आज १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । शुक्रबार, माघ २, २०८२
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेका थियो । जुन मूल्य हालसम्मकै उच्च रहेको थियो । बिहीबार, माघ १, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन शुक्रबार, माघ २, २०८२
पार्टी फुटेको होइन, परिस्थिति बनाएर सानेपा जान्छौँ : प्रदीप पौडेल शुक्रबार, माघ २, २०८२
न्युजिल्यान्डद्वारा इरानस्थित दूतावास बन्द शुक्रबार, माघ २, २०८२
गगन थापा समूहको दाबी : विधान कार्यान्वयन गर्न विशेष महाधिवेशन गरेका हाैँ शुक्रबार, माघ २, २०८२
आन्दोलनको धम्कीले आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ : विश्वप्रकाश शर्मा शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्