ताप्लेजुङ– आफ्नै बारीमा झ्यास जलाउने क्रममा आगोले पोलेर आठराईत्रिबेणी गाउँपालिका-१ निगुरादिनमा ७५ वर्षीय वृद्धको मृत्यु भएको छ । बुधबार दिउँसो सुरेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार घरआँट डेढसय मिटर दूरीमा रहेको बारीमा झ्यास जलाउने क्रममा आगो ठूलो बलेको र भाग्नेक्रममा बारीको डिलबाट सात/आठ मिटर तल लडेर मृत्यु भएको हो । उनको खुट्टाहरु आगोले भेट्टाएर पोलेको छ ।
घटनास्थलमा प्रहरी चौकी निगुरादिन र इलाका प्रहरी कार्यालय दोभानको टोली परिचालन गरिएको र पोस्टमार्टमपछि परिवारलाई शव जिम्मा लगाउने रावलले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।