काठमाडौं– काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एक फार्मेसी अधिकृत मृत भेटिएका छन्।
मृत भेटिनेमा अस्तालकै फार्मेसीमा काम गर्ने फार्मेसी अधिकृत ३५ वर्षीय अमृत पोखरेल रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले जानकारी दिए।
अर्घाखाँचीको शीतगंगा नगरपालिका घर भएका पोखरेल कपडाको पास लगाइ झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।
बिहान करिब ७:४५ बजेतिर दुई तलामाथि स्टोर रुम नजिकको भर्याङमा कपडाको पासो लगाएको अवस्थामा पोखरेल मृत भेटिएका हुन्। मुचुल्काको काम सकेर उनको पोस्टमार्टम गर्ने तयारी भएको एसपी रिजालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।