काठमाडौं– कोसोभोको संसदमा सांसदहरूबीच कुटाकुट भएको छ।
समाचार माध्यममा सार्वजनिक भिडियोअनुसार रोस्ट्रममा बोलिरहेका प्रधानमन्त्री आल्बन कुर्तीलाई एक जना विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट सुरू भएको देखिन्छ।
सांसदहरूले कुटाकुट गरेपछि संसद २ घन्टाका लागि स्थगित गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले बताएका छन्।
सर्वियन आदिवासीको मुद्दाका विविध पक्षमा छलफल चलिरहेका बेलामा संसद्मा कुटाकुट भएको हो। यहाँ ९० प्रतिवश अल्बेनियम र ५ प्रतिशत सर्वियन मुलका मानिस छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।