इनरुवा – नेपाली कांग्रेस सुनसरीले दुई जनालाई पार्टीबाट निष्काशन गरेको छ।
पार्टीका महासमिति सदस्य इन्द्र पोखरेल र महाधिवेशन प्रतिनिधि विश्वनाथ ठाकुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको पार्टीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिए।
‘पोखरेल र ठाकुरले पार्टीको आचरण, मान, मर्यादा, प्रतिष्ठा र हित विपरीत काम गरेका कारण पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरिएकोे’ जनाइएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।