• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नागरिकता विवादमा ३ वर्ष ३ महिना पुर्पक्षको थुनामा बसेपछि सर्वोच्चको व्याख्या: ढिलो न्याय दिनु अन्याय र गम्भीर विचलन, तीन महिनाभित्र फैसला गर्न आदेश

64x64
नेपाल लाइभ बिहीबार, असार २८, २०८०  १९:२७
1140x725

काठमाडौं– १ वर्ष ६ महिना कैद सजाय हुने अभियोग दायर भएको एक अभियुक्त ३ वर्ष ३ महिना थुनामा बसेपछि सर्वोच्चले तत्काल सुनुवाइ गरी फैसला गर्नु भनेर हस्तक्षेप गर्नुपरेको छ।

झुटा विवरण पेस गरी नागरिकता र राहदानी लिएको अभियोगमा मुद्दा खेपिरहेका एक व्यक्तिको मुद्दामा फैसला नै नभएपछि सर्वोच्चले बन्दीप्रत्यक्षीकरणमार्फत् तीन महिनाभित्र पेसी राखेर फैसला गर्न भनेको छ।

अबधलाल साह र उनको छोरा आकाशलाल आनन्द  सरकारी कागज कीर्ते गरी झुट्टा विवरण उल्लेख गरी नागरिकता तथा राहदानी बनाएको भन्ने आरोपमा २०७६ पुस १५ गते पक्राउ परेका थिए। उनीहरुविरुद्ध २०७६ माघ १२ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भयो।

जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठायो। जिल्ला अदालतले २०७६ माघ १५ गते बावु छोरा दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतसमक्ष नागरिकतासम्बन्धी कसुर, लिखतसम्बन्धी कसुर र राहदानीसम्बन्धी कसुरको मुद्दामा १ वर्ष ६ महिनासम्म अधिकतम सजाय हुनसक्ने भए पनि ३ वर्ष ३ महिनासम्म अदालतलले सुनुवाइ नै नगरी पुर्पक्षका लागि थुनामा राखेपछि उनीहरु बाध्य भएर सर्वोच्च पुगेका थिए।

उनीहरुले बन्दीप्रत्यक्षीकरणको निवेदनमार्फत् आफूहरुलाई गैरकानुनी थुनामा राखेको र अभियोगपत्रमा मागदाबीभन्दा धेरै वर्ष थुनामा बस्न बाध्य भएको भन्दै सर्वोच्च गुहारे। सर्वोच्च अदालतले २०८० जेठ १४ गते अन्तिम फैसला सुनाउँदै जिल्ला अदालतलाई तत्काल मुद्दा अघि बढाउन आदेश गरेको छ।

न्यायाधीशद्वय सपनाप्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनीहरुको हकमा तीन महिनाभित्र निर्णय गर्नु भनी आदेश नै जारी गरेको छ।

ढिलो न्याय दिनु अन्याय र गम्भीर न्यायिक विचलन
उक्त मुद्दाको पूर्णपाठमा सर्वोच्चले केही व्याख्यासमेत गरेको छ। सर्वोच्चले पक्राउ परेको व्यक्तिलाई अभियोगपत्रमा माग दाबी भएको भन्दै धेरै वर्ष पुर्पक्षका लागि थुनामा राखेको कुरालाई गम्भीर रुपमा लिँदै केही व्याख्यासमेत गरेको हो।
 
‘संवैधानिक व्यवस्था, अन्तर्राष्ट्रिय कानुनी व्यवस्था तथा विभिन्न देशका न्यायालयबाट प्रतिपादित सिद्धान्तहरु हेर्दा, न्याय सम्पादनको जिम्मेवारी बोकेको अदालत तथा न्यायिक निकायहरुले मुद्दाको फैसला गर्नुपर्ने समयावधिभित्र फैसला गर्नुपर्ने हुन्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘स्वच्छ सुनुवाइको हकभित्र छिटो सुनुवाइको हक पनि पर्दछ। छिटो सुनुवाइको हक स्वच्छ सुनुवाइको मौका व्यक्तिको प्राकृतिक न्यायको अधिकार मौलिक अधिकार तथा न्यायिक प्रक्रियाका नाममा ढिलो न्याय दिनु अन्याय र गम्भीर न्यायिक विचलन पनि हो।’

छिटोछरितो न्यायको अधिकार व्यक्तिको मौलिक हक कै स्वरुप भएको सर्वोच्चको फैसलामा उल्लेख छ। ढिलो न्याय दिनु न्याय नदिनु बराबर हो भन्ने सिद्धान्तलाई मुद्दा हेर्ने निकायहरू कानुनले तोकेको अवधिभित्र मुद्दाको कामकारबाही अगाडि बढाई समयमा नै मुद्दाको टुङ्गो लगाई ढिलासुस्ती हुन नदिनेतर्फ सदैव सचेत हुनुपर्ने सर्वोच्चले भनेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘न्याय ढिलो हुनुहुँदैन, न्याय ढिलो हुँदा मुद्दाको पक्षहरूले न्याय प्राप्त गर्न सक्दैनन् र न्याय पाइहाले पनि ठूलो खर्च र ठूलो कष्टका साथ मात्र न्याय प्राप्त हुनजान्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘उचित समयभित्र निर्णय नहुनुको अर्थ स्वच्छ र उचित सुनुवाइको संविधानप्रदत्त धारा २०(९) को प्रतिकूल हुने देखिन्छ। छिटो सुनुवाइ व्यक्तिको जीवनको अधिकार र स्वतन्त्रताको अधिकारसँग पनि जोडिएको महत्त्वपूर्ण मौलिक अधिकार हो।’

राज्य मौलिक अधिकारको संरक्षक भएकोले राज्यले सदैव कुनै पनि मुद्दामा हुने अनुचित ढिलाईलाई रोक्नुपर्ने फैसलामा उल्लेख छ। अनिश्चित ढिलाईको परिणाम न्यायमा गम्भीर विचलन मान्नुपर्ने फैसलामा भनिएको छ।

काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको साहसमेत प्रतिवादी रहेको नागरिकतासम्बन्धी कसुर, लिखतसम्बन्धी कसुर र राहदानीसम्बन्धी कसुर मुद्दामा धेरै प्रतिवादी रहेकोमा केही प्रतिवादी फरार रहेको कारणबाट फैसला कार्यमा ढिलाई भएको दाबी बहसका क्रममा सरकारी पक्षले गरेको थियो। तर, सर्वोच्चले त्यसलाई अस्वीकार गर्दै छिटो निर्णय दिन भनेको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७७ मा ‘पुर्पक्षको लागि थुनामा राखिएको कुनै अभियुक्तको सम्बन्धमा प्रमाण बुझ्न पहिलो पटक तारिख तोकिएको मितिले एक वर्षभित्र मुद्दाको किनारा हुन नसकेमा त्यस्तो अभियुक्तलाई थुनामा राखिएको भए धरौटी वा जमानत लिई मुद्दाको कारबाही र किनारा गर्नुपर्ने’ भनेको छ।

Xtrem

Xtrem

तर, जिल्ला अदालतले यो मुद्दामा त्यसको पालना नगरेको निवेदकको दाबी अदालतले स्वीकार गरेको थियो। ‘पक्राउ परेको मितिबाट हालसम्म रिट निवेदक थुनामा रहेको देखिएको र कानुनले पनि छिटो सुनुवाइ हुनुलाई आरोपीको हकको रुपमा सुनिश्चित गरेको सन्दर्भमा अन्य प्रतिवादी फरार रहेको भन्ने आधारमा अनिश्चितकालसम्म रिट निवेदकको मुद्दाको सुनुवाइ प्रक्रिया लम्ब्याइ थुनामा राख्न मिल्ने देखिएन,’ फैसलामा भनिएको छ, ‘न्याय ढिलो हुनुको अर्थ प्रभावकारी उपचार नहुनु अर्थात् न्याय नहुनु नै हो। न्याय प्रक्रिया अरुको कारणले ढिलाई भएकोमा जो न्याय प्रक्रियामा सामेल छ, उसलाई सो कारण अन्यायमा पार्नु अर्थात् लामो समय थुनामा राख्नु स्वच्छ सुनुवाइकोविरुद्ध मान्नुपर्ने हुन्छ।’

कानुनले नै प्रमाण बुझ्ने आदेश भएको एक वर्षभित्र फैसला गर्न वा धरौटीमा छाड्नसक्ने व्यवस्था गरेको भन्दै सर्वोच्चले फरार प्रतिवादीको हकमा कानुनबमोजिम जो जे गर्नुपर्ने हो गरी रिट निवेदक प्रतिवादी अबधलाल साहको हकमा ३ (तीन) महिना भित्र निर्णय गर्नु भनी विपक्षी काठमाडौं जिल्ला अदालतको नाममा आदेश गरेको छ।

यस्तो थियो घटना 
अबधलाल साह र मेरो छोरा आकाशलाल आनन्दसमेत सरकारी कागज कीर्ते गरी झुट्टा विवरण उल्लेख गरी नागरिकता तथा राहदानी बनाएको भन्ने आरोपमा मिति २०७६ पुस  १५ गते पक्राउ परेका थिए। सुरुमा उनीहरुले एउटा नागरिकता लिएर पछि वंशजको आधारमा लिएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

ललितपुरबाट पक्राउ परेका उनीहरुको साथबाट वंशजको पनि नागरिकता भेटिएपछि मुद्दा दायर भएको थियो। ‘म विरुद्धको मुद्दामा विपक्षी जिल्ला अदालतले कानुनले निर्धारण गरेको समयावधिभित्रमा फैसला नै नगरी मलाई हुन सक्ने सजायभन्दा बढी समय व्यतित भैसक्दा पनि मविरुद्धको मुद्दामा कुनै परिणाममुखी कारबाही नै नगरी मलाई मुद्दा पुर्पक्षको नाउँमा अनिश्चित कालसम्म थुनामा राख्ने गरी भैरहेको छ,’ सर्वोच्चमा दायर भएको बन्दीको निवेदनमा दाबी गरिएको छ। 

उक्त कार्य संविधान प्रदत्त स्वच्छ सुनवाइविपरीत गैरकानुनी रहेको छ। उक्त कार्यले नेपालको संविधानको धारा १७(१) द्वारा प्रदत्त हक, धारा २० (९) द्वारा प्रदत्त हकमा आघात पुग्न गएको हुँदा गैरकानुनी थुनाबाट मलाई मुक्त गर्नेगरी विपक्षीहरुको नाममा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्दै साहले निवेदन दर्ता गराए।

सर्वोच्चले यसरी फैसला गरेर त्यसको पूर्णपाठ कार्यान्वयनका लागि पठाएको छ। अब जिल्ला अदालतले छिटो पेसी राखेर साह बाबु छोराको हकमा मुद्दाको फैसला सुनाउनुपर्ने छ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ?
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’
सम्बन्धित सामग्री
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड रसुवालगायत बाढी प्रभावित जिल्लाहरूमा भौतिक क्षतिका साथै गम्भीर मानसिक स्वास्थ्य संकट निम्तिएको भन्दै सरोकारवालाहरूले तत्काल समन्वयात... शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य त्रिशूली नदीको कटानका कारण धादिङको गजुरी नजिक गलौंदीमा सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुलाउने काम तीव्र पारिएको छ। शनिबार, असोज २४, २०८३
बिपी राजमार्गमा लेदो पन्छाएपछि यातायात पुनः सञ्चालन रातभर परेको अविरल वर्षाका कारण बिपी राजमार्गको निर्माणाधीन सडक खण्डमा झरेको लेदो पन्छाएर यातायात पुनः सञ्चालनमा ल्याइएको छ। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्