• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
नासुकै संलग्नतामा ९ किलो सुन गायब प्रकरण

काम फत्ते भएपछि ४ लाख खर्चेर सुकुटे बिचमा पार्टी, आफन्तका नाममा जग्गा-जमिन

डिस्पोज गर्नुपर्ने सामान भन्दै कोठा फेरेर गरेर भेप्स परिवर्तन
64x64
नारायण अधिकारी बिहीबार, असार २८, २०८०  १३:५०
1140x725

काठमाडौं- फ्लाई दुबईको जहाजमार्फत गत पुस १० गते चिनियाँ नागरिक लि हासोङ बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन्छन्। उनीसँग दुई वटा सुटकेसको लगेज हुन्छ। 

जाँचका क्रममा सुटकेसभित्र इलेक्ट्रिक सिगरेट (भेप्स) जस्तो देखिने वस्तु भेटिएपछि शंकास्पद भन्दै भन्सार कार्यालयले नियन्त्रणमा लिन्छ। भन्सारले पासपोर्ट समेत लिएर चिनियाँ नागरिक होसाङलाई छाड्छ। भोलिपल्टै चिनियाँ नागरिक होसाङले आफ्नो पासपोर्ट फिर्ता लिन्छन् र पर्सिपल्ट उनी स्वेदश फर्किएको अध्यागमनको रेकर्डबाट खुल्छ।

तर, ती दुई वटा सुटकेस आगमन कक्ष छेउकै कुनामा हुन्छन्। त्यो बीचमा बब्लुकुमार गुप्ता नाम गरेका व्यक्तिले भन्सारका नासु रेवन्त खड्कालाई उक्त सुटेकसभित्र भेप्सको रुपमा ९ किलो सुन भएको सुनाउँछन्।

त्यसपछि रेवन्तले बल्लुलाई नै सुटकेस भएको ठाउँमा लैजाँदै भेप्स तान्न लगाउँछन्। तर धुँवा आउँदैन। त्यपछि भेप्सको रुपमा अन्य बहुमूल्य वस्तु छ भन्नेमा उनीहरु ढुक्क हुन्छन्। 

सुटकेस राखिएको कोठामा सीसीटीभीबाट निगरानी हुने भएकाले त्यस दिन केही गरिएन। त्यसपछि भन्सार एजेन्ट दिनेश बस्नेत र नासु रेवन्तबीच भेप्सको रुपमा भित्रिएको सुनबारे कुराकानी हुन्छ। त्यतिन्जेल उक्त सुन बिक्रीका लागि भारतीय नागरिकसँग डिल समेत भइसकेको हुन्छ।

त्यसको करिब एक सातापछि मुद्दा शाखामा भएका सामानहरु लिलामी गर्ने र डिस्पोज गर्ने सामान छुट्याउने तयारी हुन्छ। त्यसपछि रेवन्तले ९ किलो सुनले भरिएको सुटकेस डिस्पोज गर्नुपर्ने भन्दै डिस्पोज गर्ने सामान राख्ने ठाउँमा कोठा नम्बर १११ मा सार्छन्। यो प्रक्रियामा रेवन्तसँगै दिनेश पनि सँगै हुन्छन्। त्यसपछि यी दुई जना मिलेर दुई वटा सुटकेसमा भेप्सको रुपमा भित्र्याइएको सुन धमाधम निकाल्छन् र त्यहाँ अरु नै भेप्स राखिदिन्छन्।

त्यसपछि उक्त सुन ६ करोड रुपैयाँमा दिनेशले सुनसरीको धरान उपमहानगरपालिका–२ घर भएका वेदप्रकाश अग्रवाललाई बिक्री गर्छन्। भन्सारबाट उक्त सुन बाहिर लैजान सहजीकरण गरे वापत रेवन्तको निर्देशनमा दिनेशले प्रेरणा थापाको बैंक अफ काठमाण्डु र कृषि विकास बैंक लिमिटेडको खातामा ३० लाख र भाउजु ललिता राजभण्डारीको खातामा ५३ लाख गरी ६५ लाख रुपैयाँ हाल्न लगाएर ६५ लाख नासु रेवन्तले बुझ्छन्। वेदप्रकाश उक्त सुन भारतीय व्यापारी साहेब राव पाण्डुरङ मरगलेलाई बेच्छन्।

सुटकेस भित्रको भेप्समा सुन भएको र भेप्स साटफेर गरेर सुन निकालेर अर्कै भेप्स राखिएको पाइएको भन्दै भन्सार कार्यालयले वैशाख २६ गते सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न अनुरोध गर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि सीआईबीले दुई महिना लामो अनुसन्धान सकेर गरेर जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदन अनुसार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। 

यो प्रकरणमा सीआईबीले भन्सारकै नायब सुब्बा २७ वर्षीय रेवन्त खड्का, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ घर भएका ३२ वर्षीय भन्सार एजेन्ट दिनेश बस्नेत, सुनसरीको धरान उपमहानगरपालिका–२ घर भई न्युरोडमा घडी पसल सञ्चालन गर्दै आएका वेदप्रकाश अग्रवाल, भारतको महाराष्ट्रका ३९ वर्षीय व्यापारी साहेब राव पाण्डुरङ मरगले, सिन्धुपाल्चोककै सुनकोशी–६ का ३२ वर्षीय अमृत कार्की, पोखरा महानगरपालिका–४ का २२ वर्षीय पूर्व सुरक्षागार्ड निर्मलकुमार विकलाई पक्राउ गरेर मुद्दा दायर गरिएको छ।

भन्सार एजेन्ट दिनेश बस्नेतका भाइ तथा कार्गो एजेन्ट दिपेश बस्नेत, बस्नेत दाजुभाइका भिनाजु गोपाल सुवेदी र काभ्रेको बनेपा–१० का ५५ वर्षीय रामकेशव थापालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ। भिनाजु सुवेदीले नै सुन खरिदका लागि वेदप्रकाशसँग भेट गराइदिएको पाइएको छ। 
सुरुमा बस्नेत दाजुभाइ र उनीहरुका भिनाजु सुवेदी भएर भेप्सबाट ८० ग्राम जति सुन निकाले वेदप्रकाशलाई भेट्न न्युरोड पुगेका थिए। त्यसपछि वेदप्रकाशसँग उनीहरुले ६ लाख रुपैयाँ बुझेका बताएका छन्।  

पछि वेदप्रकाशसँग आएका अर्का व्यक्ति भारतीय व्यापारी मरगलेलाई पटक पटक गरेर उनीहरुले ६ करोड रुपैयाँमा सुन बेचेको अनुसन्धानबाट खुलेको छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उक्त सुन बेचेर आएको रकमबाट बस्नेत दाजुभाइ तथा उनीहरुका भिनाजु गोपाल सुवेदीले अमृत कार्कीको नाममा भक्तपुरमा जग्गा समेत किनेको पाइएको छ। जसकारण कार्कीलाई पनि प्रतिवादी बनाइएको छ। 

अर्का प्रतिवादी तथा भन्सारका पूर्व सुरक्षा गार्डले निर्मलकुमार विकले मुद्दामा शाखामा रहेको सुटेकेस गोदाममा पुर्‍याउने काम गरेका थिए। सो क्रममा सुटकेसबाट भेप्स भुइँमा खसेको थियो। उक्त भेप्स विकले आफ्नो खल्तीमा हालेका थिए। पछि तान्न खोज्दा धुवाँ नआएपछि फुटाएर हेर्दा सुन देखेपछि सिक्री बनाएर लगाएको खुलेको छ। जसकारण विकलाई प्रतिवादी बनाइएको सीआईबीले जनाएको छ।  

काम फत्ते भएपछि ४ लाख तिरेर सुकुटेमा पार्टी, आफन्तका नाममा जग्गा-जमिन
अनुसन्धानको क्रममा भने नासु रेवन्तले ६५ लाख रुपैयाँभन्दा बढी बुझेको पाइएको छ। नाता-सम्बन्ध नै नभएका प्रेरणा थापा, ललिता थापा, गंगाराम थापा, समरबहादुर थापाको नाममा रेवन्तले रकम जम्मा गरेको देखिन्छ। भन्सार ऐजेन्ट दिनेशको समेत साझेदारीमा टेक्सटर टुर्स एण्ड ट्राभल्स प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा ८० लाख रुपैयाँ समेत जम्मा गरेको पाइएको छ। 

दिनेशले सुन बिक्रीबाट आम्दानी भएको रकममध्ये २ करोड ९५ लाख रुपैयाँ उनका ससुरा रामकेशव थापाको नाममा भक्तपुरमा जग्गा खरिद गरेको खुलेको छ। ३० लाख रुपैयाँ भन्सार कार्यालयले लिलामी गरेका कपडा सकार गर्दा खर्च गरेको पाइएको छ। 

२५ लाख रुपैयाँ बब्लु गुप्तालाई ऋण सापटी दिने क्रममा विभिन्न व्यक्तिहरुको भन्सार बुझाउन दिएको रकम आफूले खर्च गरेकाले त्यसमा हिसाब मिलान गरेको उनले बताएका छन्। २० लाख भाई दिपेशलाई दिएको र ८ लाख रुपैयाँ जग्गा किन्नेबेला दलालीलाई दिएको उनले बयानमा उल्लेख गरेका छन्। 

काम फत्ते भएपछि सुकुटे बिच रिसोर्टमा पार्टी गरेर ४ लाख रुपैयाँ सिध्याएको पनि उनले बयानमा बताएका छन्। बाँकी ८३ लाख कहाँ खर्च भयो भन्ने हिसाब यकिन नभएको दिनेशको भनाइ छ।

आपराधिक विश्वास घात र संगठित अपराधमा मुद्दा
उनीहरुविरुद्ध आपराधिक विश्वासघात गर्न नहुने र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ। उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २५२ को उपदफा (१) र (२० बमोजिमको कसुर भएका देखिएकाले सोही अनुसार कारबाहीको माग गरिएको छ। 

आपराधिक विश्वासघात अन्तर्गत ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। नासुको हकमा भने सरकारी कर्मचारी भएकाले ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ।

त्यसैगरी संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत कसुर गरेकाले सो बमोजिमको सजाय पनि मागदाबी गरिएको छ। यस कसुर अन्तर्गत ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ।

यस्तो अपराधबाट सार्वजनिक वा निजी सम्पत्तिमा हानि पुर्‍याए सो वापतको क्षतिपूर्ति समेत भराउनुपर्ने प्रवधान छ। उनीहरुको बैंक खाता रोक्कादेखि सुन बिक्रीबाट खरिद गरिएका जग्गाहरु समेत रोक्काको माग गरिएको छ। ९ किलो सुन भने सीआईबीले अहिलेसम्म फेला पार्न सकेको छैन। 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्