• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
नासुकै संलग्नतामा ९ किलो सुन गायब प्रकरण

काम फत्ते भएपछि ४ लाख खर्चेर सुकुटे बिचमा पार्टी, आफन्तका नाममा जग्गा-जमिन

डिस्पोज गर्नुपर्ने सामान भन्दै कोठा फेरेर गरेर भेप्स परिवर्तन
64x64
नारायण अधिकारी बिहीबार, असार २८, २०८०  १३:५०
1140x725

काठमाडौं- फ्लाई दुबईको जहाजमार्फत गत पुस १० गते चिनियाँ नागरिक लि हासोङ बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन्छन्। उनीसँग दुई वटा सुटकेसको लगेज हुन्छ। 

जाँचका क्रममा सुटकेसभित्र इलेक्ट्रिक सिगरेट (भेप्स) जस्तो देखिने वस्तु भेटिएपछि शंकास्पद भन्दै भन्सार कार्यालयले नियन्त्रणमा लिन्छ। भन्सारले पासपोर्ट समेत लिएर चिनियाँ नागरिक होसाङलाई छाड्छ। भोलिपल्टै चिनियाँ नागरिक होसाङले आफ्नो पासपोर्ट फिर्ता लिन्छन् र पर्सिपल्ट उनी स्वेदश फर्किएको अध्यागमनको रेकर्डबाट खुल्छ।

तर, ती दुई वटा सुटकेस आगमन कक्ष छेउकै कुनामा हुन्छन्। त्यो बीचमा बब्लुकुमार गुप्ता नाम गरेका व्यक्तिले भन्सारका नासु रेवन्त खड्कालाई उक्त सुटेकसभित्र भेप्सको रुपमा ९ किलो सुन भएको सुनाउँछन्।

त्यसपछि रेवन्तले बल्लुलाई नै सुटकेस भएको ठाउँमा लैजाँदै भेप्स तान्न लगाउँछन्। तर धुँवा आउँदैन। त्यपछि भेप्सको रुपमा अन्य बहुमूल्य वस्तु छ भन्नेमा उनीहरु ढुक्क हुन्छन्। 

सुटकेस राखिएको कोठामा सीसीटीभीबाट निगरानी हुने भएकाले त्यस दिन केही गरिएन। त्यसपछि भन्सार एजेन्ट दिनेश बस्नेत र नासु रेवन्तबीच भेप्सको रुपमा भित्रिएको सुनबारे कुराकानी हुन्छ। त्यतिन्जेल उक्त सुन बिक्रीका लागि भारतीय नागरिकसँग डिल समेत भइसकेको हुन्छ।

त्यसको करिब एक सातापछि मुद्दा शाखामा भएका सामानहरु लिलामी गर्ने र डिस्पोज गर्ने सामान छुट्याउने तयारी हुन्छ। त्यसपछि रेवन्तले ९ किलो सुनले भरिएको सुटकेस डिस्पोज गर्नुपर्ने भन्दै डिस्पोज गर्ने सामान राख्ने ठाउँमा कोठा नम्बर १११ मा सार्छन्। यो प्रक्रियामा रेवन्तसँगै दिनेश पनि सँगै हुन्छन्। त्यसपछि यी दुई जना मिलेर दुई वटा सुटकेसमा भेप्सको रुपमा भित्र्याइएको सुन धमाधम निकाल्छन् र त्यहाँ अरु नै भेप्स राखिदिन्छन्।

त्यसपछि उक्त सुन ६ करोड रुपैयाँमा दिनेशले सुनसरीको धरान उपमहानगरपालिका–२ घर भएका वेदप्रकाश अग्रवाललाई बिक्री गर्छन्। भन्सारबाट उक्त सुन बाहिर लैजान सहजीकरण गरे वापत रेवन्तको निर्देशनमा दिनेशले प्रेरणा थापाको बैंक अफ काठमाण्डु र कृषि विकास बैंक लिमिटेडको खातामा ३० लाख र भाउजु ललिता राजभण्डारीको खातामा ५३ लाख गरी ६५ लाख रुपैयाँ हाल्न लगाएर ६५ लाख नासु रेवन्तले बुझ्छन्। वेदप्रकाश उक्त सुन भारतीय व्यापारी साहेब राव पाण्डुरङ मरगलेलाई बेच्छन्।

सुटकेस भित्रको भेप्समा सुन भएको र भेप्स साटफेर गरेर सुन निकालेर अर्कै भेप्स राखिएको पाइएको भन्दै भन्सार कार्यालयले वैशाख २६ गते सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न अनुरोध गर्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसपछि सीआईबीले दुई महिना लामो अनुसन्धान सकेर गरेर जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदन अनुसार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। 

यो प्रकरणमा सीआईबीले भन्सारकै नायब सुब्बा २७ वर्षीय रेवन्त खड्का, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ घर भएका ३२ वर्षीय भन्सार एजेन्ट दिनेश बस्नेत, सुनसरीको धरान उपमहानगरपालिका–२ घर भई न्युरोडमा घडी पसल सञ्चालन गर्दै आएका वेदप्रकाश अग्रवाल, भारतको महाराष्ट्रका ३९ वर्षीय व्यापारी साहेब राव पाण्डुरङ मरगले, सिन्धुपाल्चोककै सुनकोशी–६ का ३२ वर्षीय अमृत कार्की, पोखरा महानगरपालिका–४ का २२ वर्षीय पूर्व सुरक्षागार्ड निर्मलकुमार विकलाई पक्राउ गरेर मुद्दा दायर गरिएको छ।

भन्सार एजेन्ट दिनेश बस्नेतका भाइ तथा कार्गो एजेन्ट दिपेश बस्नेत, बस्नेत दाजुभाइका भिनाजु गोपाल सुवेदी र काभ्रेको बनेपा–१० का ५५ वर्षीय रामकेशव थापालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ। भिनाजु सुवेदीले नै सुन खरिदका लागि वेदप्रकाशसँग भेट गराइदिएको पाइएको छ। 
सुरुमा बस्नेत दाजुभाइ र उनीहरुका भिनाजु सुवेदी भएर भेप्सबाट ८० ग्राम जति सुन निकाले वेदप्रकाशलाई भेट्न न्युरोड पुगेका थिए। त्यसपछि वेदप्रकाशसँग उनीहरुले ६ लाख रुपैयाँ बुझेका बताएका छन्।  

पछि वेदप्रकाशसँग आएका अर्का व्यक्ति भारतीय व्यापारी मरगलेलाई पटक पटक गरेर उनीहरुले ६ करोड रुपैयाँमा सुन बेचेको अनुसन्धानबाट खुलेको छ।  

उक्त सुन बेचेर आएको रकमबाट बस्नेत दाजुभाइ तथा उनीहरुका भिनाजु गोपाल सुवेदीले अमृत कार्कीको नाममा भक्तपुरमा जग्गा समेत किनेको पाइएको छ। जसकारण कार्कीलाई पनि प्रतिवादी बनाइएको छ। 

अर्का प्रतिवादी तथा भन्सारका पूर्व सुरक्षा गार्डले निर्मलकुमार विकले मुद्दामा शाखामा रहेको सुटेकेस गोदाममा पुर्‍याउने काम गरेका थिए। सो क्रममा सुटकेसबाट भेप्स भुइँमा खसेको थियो। उक्त भेप्स विकले आफ्नो खल्तीमा हालेका थिए। पछि तान्न खोज्दा धुवाँ नआएपछि फुटाएर हेर्दा सुन देखेपछि सिक्री बनाएर लगाएको खुलेको छ। जसकारण विकलाई प्रतिवादी बनाइएको सीआईबीले जनाएको छ।  

काम फत्ते भएपछि ४ लाख तिरेर सुकुटेमा पार्टी, आफन्तका नाममा जग्गा-जमिन
अनुसन्धानको क्रममा भने नासु रेवन्तले ६५ लाख रुपैयाँभन्दा बढी बुझेको पाइएको छ। नाता-सम्बन्ध नै नभएका प्रेरणा थापा, ललिता थापा, गंगाराम थापा, समरबहादुर थापाको नाममा रेवन्तले रकम जम्मा गरेको देखिन्छ। भन्सार ऐजेन्ट दिनेशको समेत साझेदारीमा टेक्सटर टुर्स एण्ड ट्राभल्स प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा ८० लाख रुपैयाँ समेत जम्मा गरेको पाइएको छ। 

दिनेशले सुन बिक्रीबाट आम्दानी भएको रकममध्ये २ करोड ९५ लाख रुपैयाँ उनका ससुरा रामकेशव थापाको नाममा भक्तपुरमा जग्गा खरिद गरेको खुलेको छ। ३० लाख रुपैयाँ भन्सार कार्यालयले लिलामी गरेका कपडा सकार गर्दा खर्च गरेको पाइएको छ। 

२५ लाख रुपैयाँ बब्लु गुप्तालाई ऋण सापटी दिने क्रममा विभिन्न व्यक्तिहरुको भन्सार बुझाउन दिएको रकम आफूले खर्च गरेकाले त्यसमा हिसाब मिलान गरेको उनले बताएका छन्। २० लाख भाई दिपेशलाई दिएको र ८ लाख रुपैयाँ जग्गा किन्नेबेला दलालीलाई दिएको उनले बयानमा उल्लेख गरेका छन्। 

काम फत्ते भएपछि सुकुटे बिच रिसोर्टमा पार्टी गरेर ४ लाख रुपैयाँ सिध्याएको पनि उनले बयानमा बताएका छन्। बाँकी ८३ लाख कहाँ खर्च भयो भन्ने हिसाब यकिन नभएको दिनेशको भनाइ छ।

आपराधिक विश्वास घात र संगठित अपराधमा मुद्दा
उनीहरुविरुद्ध आपराधिक विश्वासघात गर्न नहुने र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ। उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २५२ को उपदफा (१) र (२० बमोजिमको कसुर भएका देखिएकाले सोही अनुसार कारबाहीको माग गरिएको छ। 

आपराधिक विश्वासघात अन्तर्गत ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। नासुको हकमा भने सरकारी कर्मचारी भएकाले ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ।

त्यसैगरी संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत कसुर गरेकाले सो बमोजिमको सजाय पनि मागदाबी गरिएको छ। यस कसुर अन्तर्गत ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ।

यस्तो अपराधबाट सार्वजनिक वा निजी सम्पत्तिमा हानि पुर्‍याए सो वापतको क्षतिपूर्ति समेत भराउनुपर्ने प्रवधान छ। उनीहरुको बैंक खाता रोक्कादेखि सुन बिक्रीबाट खरिद गरिएका जग्गाहरु समेत रोक्काको माग गरिएको छ। ९ किलो सुन भने सीआईबीले अहिलेसम्म फेला पार्न सकेको छैन। 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
होस्टलमा कुटपिट, एक युवकको मृत्यु काठमाडौं महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। घटनामा संलग... शनिबार, भदौ ६, २०८३
युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ अनुदानमा उपलब्ध गराइएको युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। शनिबार, भदौ ६, २०८३
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया बालिकालाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा शनिबार, भदौ ६, २०८३
हेटौँडा कपडा उद्योग परीक्षण उत्पादनको मन्त्री यादवद्वारा अनुगमन शनिबार, भदौ ६, २०८३
गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा ‘इन्डिपेन्डेन्ट मदर्स अफ नेपाल’को प्रदर्शन शनिबार, भदौ ६, २०८३
‘अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाऊँ’ : विश्वप्रकाश शर्मा शनिबार, भदौ ६, २०८३
गरिमा चौधरीको हत्याबारे कुलमान घिसिङद्वारा दुःख व्यक्त शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्