काठमाडाैं– नेपाल नगरपालिका संघमा पठाउने व्यक्ति सिफारिसका लागि नेपाली कांग्रेसमा विवाद देखिएको छ।
संस्थापन पक्ष र इतर समूहको विवादका कारण कांग्रेसबाट प्रतिनिधित्व गर्ने व्यक्ति सिफारिस हुन सकेको छैन।सभापति देउवा पक्ष निलकण्ठ नगरपालिका धार्दिङका भीम ढुंगानालाई सिफारिस गर्ने पक्षमा छन् भने संस्थापन इतर पक्षले विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई अघि सारेको छ।
नगरपालिका संघमा अध्यक्ष र उपाध्यक्ष सबैभन्दा ठूलो दलबाट र महासचिव प्रतिपक्ष दलले पाउने व्यवस्था छ। नगरपालिका संघमा महासचिव पदमा पठाउनका लागि बुधबार भएको शीर्ष नेताहरूको बैठकमा विवाद भएको थियो।
वरिष्ठ नेता रामचन्द्र पौडेलले मेयर र उपमेयरका लागि आयोजना गरेको चियापानमा महासचिव टुङ्ग्याउने विषयमा भनाभन समेत भएको बताइएको छ।नेपाली कांग्रेसले मेयर र उपमेयरलाई करको विषयमा प्रशिक्षण दिन आइतबार राजधानी डाकेको थियो। राजधानीमा रहेका मेयर र उपमेयरलाई बुधबार शेर बहादुर देउवा र पौडेलले चियापान आयोजना गरेका थिए।
महामन्त्री डा. शशांक कोइरालाले आज डिनरको व्यवस्था गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।