काठमाडौं– आजदेखि सुरु हने बिम्स्टेकको चौथो सम्मेलनमा भाग लिन नेपाल अाएका विशिष्ट अतिथिहरु शीतल निवास पुगेका छन्। उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिवाभोज दिने कार्यक्रम छ।
दिवाभोजका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचा, श्रीलंकाका राष्ट्रपति माइथीरिपला सिरिसेना, म्यानमारका राष्ट्रपति विन मिन्ट र भुटानको सरकारका प्रमुख सल्लाहकार दासो छिरिङ वाङगचुक शीतल निवास पुगिसकेका छन्।
दिवाभोजमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतका केही मन्त्रीहरु समेत सहभागी हुँदैछन्।
बिशिष्ट अतिथिहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ हायात होटलमा भोज दिने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।