• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

महिलामा हुने पीसीओएस र पीसीओडीको समस्या के हो?

डा निष्मा बज्राचार्य सोमबार, असार २५, २०८०  ०९:०७
1140x725

पीसीओएस र पीसीओडी अहिले धेरै सुनिएको समस्यामध्ये एक हो। सुन्दा समान्य लागे पनि यी दुई समस्या केही फरक छ। 

पीसीओएस भनेको पोलिसिस्टिक ओभरियन सिन्ड्रोम हो। पीसीओडी भनेको पोलिसिस्टिक ओभरियन डिजिज हो। महिलामा अहिले धेरै र आम रुपमा देखिएका समस्या हुन् यी। डिजिज र सिन्ड्रोममा फरक छ। डिजिजमा एक-दुई वटा मात्र समस्या हुन्छ। तर सिन्ड्रोममा धेरै समस्या हुन्छ। 

पाठेघरमा धेरै वटा सिस्ट (पानीको फोका) हुनुलाई पोलिसिस्टिक भनिन्छ। पीसीओडीमा ओभरी (डिम्बासय) मा समस्या हुने हो। एउटा स्वस्थ महिलाको डिम्बासयबाट हरेक महिना एक/एक वटा अण्डा निस्कनुपर्छ। अण्डा पुरुषको शुक्रकिटसँग मिलन भए महिला गर्भवती हुन्छिन् तर शुक्रकिटसँग मिलन नभए सोही अण्डा फुटेर महिला महिनावारी हुन्छिन्।

महिला गर्भवती नभए अर्को महिना अर्को अण्डा निस्कन्छ। यसरी नै महिला हरेक महिना २८-२८ दिनमा महिनावारी हुन्छन्। पीसीओडीमा डिम्बासयबाट अण्डा निस्किँदैन। अण्डा निस्कने ठाउँमा स–साना सिस्टहरु बन्ने हुन्छ। एउटा अण्डा निस्कने ठाउँमा स–साना सिस्टहरु बन्छन्। अण्डा ननिस्किएपछि ओभुलेसन (अण्डा निस्कने प्रक्रिया) हुँदैन। ओभुलेसन नभएपछि समयमै महिनावारीमा गडबडी हुने र समयमै नहुने समस्या हुन्छ। महिनावारी समयमै नभएपछि गर्भ बस्ने सम्भावना अत्यन्तै न्यून हुन्छ। डिम्बासयले हर्मोन निकाल्छ। जसले गर्दा महिनावारी समयै हुन्छ। डिम्बासयमै समस्या भएपछि हर्मोनमा पनि गडबडी हुन्छ। यही हर्मोनल गडबडीका कारण कुनै पनि महिलामा पीसीओडीको समस्या छ भने विभिन्न लक्षण देखापर्छ। आम रुपमा धेरै महिलामा देखिने लक्षणहरु निम्नलिखित छन्ः

अनियमित महिनावारी
हर्मोनल गडबडी भएपछि मुख्य रुपमा देखिने लक्षण भनेको अनियमित महिनावारी हो। किशोरावस्थाका महिलामा यो लक्षण पहिलो नम्बरमा आउँछ। ४० वर्षभन्दा मुनिका महिलामा पनि यो समस्या देखिन्छ। 

अनावश्यक रौँ पलाउनु
जब शरीरमा यो हर्मोनल असन्तुलन हुन्छ, तब महिलाको भन्दा पुरुषको हर्मोन बढी हुन्छ। सामान्यतया महिलाको शरीरमा पुरुषमा हुने टेस्टोस्टेरोन हर्मोन थोरै मात्रा हुनुपर्छ। तर पीसीओडी समस्या भएका महिलामा यो हर्मोन अलि बढी भइदिन्छ। जसका कारण जुँगा आउने, अनुहारमा रौँ आउने, पेट, खुट्टाहरुमा रौँ पलाउने समस्या हुन्छ। 

धेरै डण्डीफोर आउने
किशोरावस्थामा आउने डण्डीफोरलाई सामान्य रुपमा लिन सकिन्छ। तर पीसीओडी समस्या भएका महिलामा डण्डीफोरले धेरै नै सताउने गर्छ। जति उपचार गरे पनि डण्डीफोरको समस्या निको हुन निकै गाह्रो हुन्छ। 

बच्चा नबस्ने समस्या
पीसीओडीले निम्त्याउने अर्को समस्या हो, बच्चा नबस्नु। धेरै महिला बच्चा नबसेको गुनासो लिएर आउनुहुन्छ। उहाँहरुसँग कुरा गर्दै जाँदा महिनावारी समयमा नहुने र अरु यस्तै समस्याहरु हुन्छन्। 
पीसीओडीले धेरै समस्या गराउँछ। कसैलाई माथि भनिएका यी समस्यामध्ये एक/दुई वटा मात्र हुन सक्छ। तर कसैलाई भने सबै समस्या भएको पनि पाएका छौँ। यी सबै समस्या हर्मोनल गडबडीका कारण हुन्छ। हर्मोनल गडबढी किन हुन्छ भन्ने कारण महत्वपूर्ण हो। 

Ncell 2
Ncell 2
nimb
nimb

किन हुन्छ हर्मोनल गडबडी?
हर्मोनल गडबडी हुनुमा धेरै कारण छन्। मुख्य कारण भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन। कतिपय अध्ययनले वंशाणुगत कारणले पनि हर्मोनल गडबडी हुने देखाएको छ। तर अहिले धेरैलाई यो समस्या देखिनुको कारण भने अस्वस्थकर जीवनशैली हुन सक्छ। जंकफुड खाने, निष्क्रिय जीवनशैली, मोटोपना, तनावले पनि हर्मोनल गडबडी हुन्छ। शरीर मोटो भए बोसो धेरै हुन्छ। र, बोसोले यो हर्मोनहरु निकाल्छ। पीसीओडीले गर्दा मोटोपना हुन्छ।

मोटोपनाले पीसीओडी पनि हुन्छ। बोसोले हर्मोनल गडबडी त गराउँछ नै मधुमेह पनि गराउँछ। त्यसैले एकापसमा अन्तर सम्बन्धित छ।  यिनै समस्याहरु एक/दुई वटा मात्र भए पीसीओएस हुन्छ। तर धेरै समस्या भए पीसीओडी हुन्छ। हाम्रो शरीरमा धेरै हर्मोनहरु हुन्छ। तर पीसीओडी/पीसीओएसमा हामीले चार वटा हर्मोन मात्र परीक्षण गर्छौं। ती हुन्ः 
१. ल्युटिनाइटिङ हर्मोन (एलएच)
२. फोलिकल स्टिमुलेटिङ हर्मोन (एफएसएच)
३. प्रोल्याक्टिङ
४. थाइरोइड
यो समस्या भएका महिलामा यी चार हर्मोनमध्ये एलएच र एफएसएचको हर्मोनको अनुपातमा फरक आउँछ। सामान्यतया यी दुई हर्मोनको अनुपात समान हुन्छ। एउटा स्वस्थ महिलाको शरीरमा एलएच २ छ भने एफएसएच पनि १, २ या ३ नै हुन्छ। तर पीसीओडी भएका महिलामा एचएच १५/१६ हुने एफएसएच १, २, ३, ४ हुन्छ। त्यसैले यी दुई हर्मोनबीच दुई गुणा बढीले फरक भए त्यसलाई पीसीओडीको हर्मोन असन्तुलन भनिन्छ। 

उपचार के?
हर्मोनल गडबडीकै कारण पीसीओडी/पीसीओएस हुने भएकाले हर्मोनल सन्तुलन गर्नु नै यसको समाधान हो। हर्मोनल सन्तुलनका लागि हामीले औषधिको रुपमा हर्मोन नै दिन्छौं। यसले असन्तुलन भएको हर्मोनल गडबडीलाई विस्तारै सन्तुलनमा ल्याउँछ। तर कतिपयलाई औषधि खाने बेलासम्म मात्र ठिक हुने तर नखाएपछि पुनः समस्या आउने हुन्छ। किनभने, पीसीओडी भइसकेका महिलामा हर्मोनल गडबडी भइरहन्छ। मधुमेह, रक्तचाप भएजस्तै हो। त्यसैले आवश्यकता र समस्याअनुसार हामी उपचार गर्छौं।

कोही महिला अनियमित महिनावारीको समस्या लिएर आउँछन् भने महिनावारी नियमित बनाउने औषधि दिन्छौं। कसैको अनावश्यक रौँ आउने समस्या छ भने छाला रोग विशेषज्ञलाई रिफर गर्छौं। बच्चा नभएकाहरुलाई सोहीअनुसारको उपचार गर्छौं। त्यसैले बिरामीको समस्या र आवश्यकताअनुसार हामीले उपचार गर्ने हो। कसैलाई जीवनभर उपचारको खाँचो पर्छ भने कसैलाई उमेर बढ्दै गएपछि निको पनि हुँदै जान्छ। 

Xtrem

Xtrem

पीसीओडीको समस्या बढ्नुमा मुख्य कारण अस्वस्थकर जीवनशैली पनि हो। त्यसैले जीवनशैली परिवर्तन गरे पनि यो समस्याबाट बच्न सकिन्छ। व्यायामले पनि शरीरमा हर्मोनल सन्तुलन राख्न मद्दत गर्छ। सन्तुलित खानपिन र व्यायाम यो समस्याको लागि मात्र नभई हरेक समस्यालाई ठिक पार्न मुख्य भूमिका हुन्छ। 

किशोर अवस्थाका युवतीलाई यो समस्याले बढी सताउँछ। तर मैले हेर्ने अधिकांश बिरामी २० देखि ३० वर्ष उमेरका हुन्छन्। यो उमेर समूहको मुख्य समस्या नै अनियमित महिनावारी हो। २ महिनादेखि ४ महिनासम्म महिनावारी नभएको पाइन्छ। भए पनि धेरै रगत बग्ने समस्या हुन्छ। ३० देखि ३५ वर्ष उमेर समूहका महिलाहरु गर्भ नरहेको समस्या लिएर आउँछन्। 

समयमै उपचार नभए के हुन्छ?
पीसीओडीले महिलाको मृत्यु नै त गराउँदैन। डण्डीफोर आउने, अनावश्यक रौँ पलाउने समस्याले खासै फरक नपर्ला। तर महिनौंसम्म महिनावारी भएन भने समस्या ल्याउँछ। महिनावारी भएन भने पाठेघरको भित्री तह बाक्लो हुँदै जान्छ। महिनावारीको रुपमा बाहिर निस्कन नपाउँदा थपिँदै जान्छ। र, भित्री तह बाक्लो हुन्छ। जसले गर्दा दीर्घकालीन रुपमा पाठेघरको क्यान्सर गराउन सक्छ। त्यसैले पीसीओडीको उपचार गराउनुपर्ने महत्वपूर्ण कारण यो पनि हो।
महिनावारी अनियमित हुँदैमा पनि महिलाहरु उपचारका लागि आउँदैनन्। सुरुमा घरेलु उपचार गर्नेतर्फमै ध्यान दिन्छन्। महिनावारी नभएपछि बच्चा नबस्ने समस्या भएपछि मात्र आउने महिलाहरु पनि धेरै छन्। समस्या भएपछि परीक्षण गराउनुपर्छ। तर बच्चा नबस्ने समस्या भएपछि मात्र अस्पताल आउनेहरु धेरै छन्। 

महिनावारी अनियमित भइरहेका छ, अन्य समस्या पनि छन् भने तत्काल चिकित्सकसँग परामर्श गरिहाल्नुपर्छ। रोग कम भए मात्र उपचार गर्न सहज हुन्छ। रोग बढ्दै गयो भने यसको बोझ पनि बढ्छ र आर्थिक भार पनि बढ्न जान्छ। 

(अल्का अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा बज्राचार्यसँग कमला गुरुङले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्