धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले बजेटमाथिको छलफल अघि बढाउने तयारी थालेको छ। सत्तापक्ष दल र प्रतिपक्षी दलहरुले बजेटमाथि असन्तुष्टि व्यक्त गरिरहँदा सरकारले बजेटमाथिको छलफल अघि बढाउने तयारी गरेको हो।
आइतबार नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको थियो। सो बैठक अनिर्णित बनेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले सत्तापक्ष दलका नेताहरुलाई बजेटमाथि सहमति ल्याउन बैठक बोलाए पनि अनिर्णित बनेको हो।
प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका नेता प्रकाशबहादुर बमले बजेटमाथिको निकास निकाल्न दलको बैठक आह्वान गरेको बताए। उनले भने, ‘सहमतिका लागि बैठक बसेको थियो। कुनै निकास आएको छैन। अब अर्को पटक बैठक बस्ने भनिएको छ। कहिले बोलाउँछन् थाहा हुन्छ। तर बजेटमाथिको छलफल अघि बढाउन निकास जरुरी छ।’
प्रदेश सरकारले सोमबार प्रदेश सभा बैठक आह्वान गर्ने तयारी गरेको छ। यसका लागि सोमबार बिहान कार्यपरामर्श समितिको बैठक बसाउने सरकारले तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।