काठमाडौं- राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले राजसंस्थासम्बन्धी नीति पुनर्विचारसहित पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गरेको छ। पार्टी उपाध्यक्ष बिष्णुबहादुर भण्डारीको संयोजकत्वमा सुझाव सहितको प्रतिवेदन पेस गर्न एक समिति गठन गरेको हो।
समितिको सदस्यमा केशवराज श्रेष्ठ, बसन्तमान सिंह अधिकारी, हिक्मतबहादुर ढकाल, नरप्रसाद थापा, माधव खत्री, रामनरेश यादव, सुनिता कुरुम्बाङ र सदस्य सचिवमा राजाराम बर्तौला ‘चुनेली’ रहेका छन्। समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय सीमा तोकिएको छ।
यसैगरी राप्रपा नेपालले सनातन धर्म संस्कृतिको रक्षा र प्रबर्द्धन गर्नको निमित्त राष्ट्रिय सनातन धर्म संस्कृति परिषद् नेपाल गठन गर्ने निर्णय समेत गरेको छ। परिषद्को अध्यक्षमा पनि भण्डारीलाई नै मनोनयन गरिएको छ।
यसैगरी पार्टीसँग आवद्ध भ्रातृ संगठनहरु राष्ट्रिय खेलकुद संगठन नेपालको अध्यक्षमा दमन बस्नेत, राष्ट्रिय किसान संगठन नेपालको अध्यक्षमा डम्बरप्रसाद सिवाकोटी, सदस्य सचिवमा जनक फडेरा, राष्ट्रिय अपाङ्ग संगठन नेपालको अध्यक्षमा धनप्रसाद न्यौपाने र राष्ट्रिय मुस्लिम संगठन नेपालको अध्यक्षमा मो. खालिद इकवाल इराकीलाई जिम्मेवारी तोकिएको छ।
साथै पार्टी केन्द्रीय कार्य समितिको बैठक आगामी २०८० भदौको दोस्रो साता काठमाडौंमा बोलाउने निर्णय गरिएको प्रवक्ता बसन्तमान सिंह अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।