काठमाडौं- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिन माग गरेका छन्। आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य सभापति केसीले यस्तो माग गरेका हुन्।
उनले आगामी बैठक बस्नु अगावै सचिवालयले चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण समितिका सदस्यहरुलाई दिनुपर्ने बताए। उनले विगतको समितिले गरेको निर्णयलाई उल्ट्याउने नभई जानकारीका लागि पनि ती फाइलहरु उपलब्ध गराउनु आवश्यक रहेको उल्लेख गरे। समितिमा आएका अनियमितताका प्रकरणहरु थन्क्याएर राख्नु संसदीय समितिको अपमान हुने उनको भनाइ थियो। संसद्को समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई नरहेको पनि उनले बताए।
कांग्रेस सांसद केसीले भने, चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण यो समितिलाई दिनुपर्छ। एउटा बल्लबल्ल पाएका थियौँ, बुझ्दै नबुझ्ने पर्यो। अर्को बैठकभन्दा अघि सचिवालयले दिनैपर्छ। प्रत्येक हामी सदस्यले के भएको छ, के निर्णय भयो थाहा पाउनुपर्छ।’
सांसद केसीले समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिँदैमा निर्णय नउल्टिने समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।