काठमाडौं- प्रतिनिधि सभाको बैठक एक दिन पर सारिएको भन्दै नेकपा एमालेका सांसद योगेश भट्टराईले रोष प्रकट गरेका छन्। पूर्वनिर्धारित १ बजेटबाट ३ बजेका लागि सूचना जारी गरिएपछि आइतबार उनी संसद् पुगेका थिए।
संसद् पुगेर फर्किनु परेपछि भट्टराईले रोष प्रकट गरेका छन्, 'प्रधानमन्त्रीकै अनुरोधमा आजको बैठक भोलि असार २५ गतेलाई सारिएको सूचना आयो। जवाफ तयार गर्नुअघि कतै सोध्नुपर्ने हो कि? किन सारिएछ कुन्नि?'
संसद् पुगेपछि मात्रै बैठक सोमबारका लागि सारिएको जानकारी उनले पाएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुरोधमा संसद् सोमबारका लागि सारिएको हो।
प्रधानमन्त्री प्रचण्डले नेपालको प्रधानमन्त्री बनाउन भारतको भूमिका रहने अर्थ लाग्ने गरी बोलेपछि एमालेले संसद् अवरुद्ध गर्दैआएको छ। प्रचण्डले त्यस विषयमा प्रतिनिधि सभाबाट स्पष्टीकरण दिने भएपछि एमाले अवरोध हटाउन तयार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।