काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलका सचेतकहरुसँग छलफल गरेका छन्। आइतबार बिहान पौने ११ बजेदेखि छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ।
छलफल नयाँ बानेश्वरस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा चलिरहेको हो। छलफलको मुख्य विषय संसद् बैठक सञ्चालन रहेको बताइएको छ।
अध्यक्षले सहमति कायम गर्न सचेतकहरुसँग आग्रह गरेको उनको सचिवालयको भनाइ छ।
गत असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको एक अभिव्यक्तिलाई लिएर नेकपा एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभा अवरोध गर्दै आएको छ। उसले प्रधानमन्त्रीबाट स्पष्टीकरण नभइ राजीनामा नै आउनुपर्ने बताएको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि सहमति कायम गर्न दलहरुलाई आग्रह गरिसकेका छन्। तर यसबीचमा सहमतिको कुनै संकेत देखिएको छ। एमालेले आइतबारको संसद् बैठकमा पनि अवरोध गर्ने बताइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।