काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सवारी दुर्घटनाका विषयमा सूक्ष्म अध्ययन र अनुसन्धान जरुरी देखिएको बताएका छन्।
पछिल्लो तीन महिना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको भन्दै उनले सो आवश्यकता दर्शाएका हुन्।
‘दुर्घटनाका कारणहरु हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन्,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस विषयमा सूक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।