काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी स्वदेश फर्किएका छन्।
दक्षिण कोरियाको बुसान सहरमा आयोजित विश्वका मन्त्रीस्तरीय ग्रामीण विकाससम्बन्धी सम्मेलनमा सहभागी भएर मन्त्री मोदी शनिबार राति स्वदेश फर्किएका हुन्।
मन्त्री मोदी असार १८ गते दक्षिण कोरिया प्रस्थान गरेका थिए। दक्षिण कोरियामा रहँदा मन्त्री मोदीले ग्रामीण विकाससम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुका साथै दक्षिण कोरिया सरकारका प्रतिनिधिहरुसँग भेटवार्ता गरेका थिए।
संयुक्त राष्ट्र संघका पूर्व महासचिवलाई नेपाली ढाका टोपी लगाइ मन्त्री मोदीले आँखी झ्यालसमेत उपहार दिएका थिए। उनले नेपाली जनप्रगतीशील मञ्च दक्षिण कोरियाले आयोजना गरेको अन्तर्क्रियालाई समेत सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।