वासिङ्टन डिसी– सन् २०२१ मा परिवारसहित अफगानिस्तानबाट अमेरिका बसाइँ सरेका एक पूर्व अफगान दोभासेलाई वासिङ्टन डिसीमा गोली हानी हत्या गरिएको छ। ३१ वर्षीय नसरत अहमद यारको गाडीमा गोली लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
गोली लागेका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको थियो।
तालिवानले अफगानिस्तानको सत्ता कब्जा गर्नुअघि एक दशकसम्म अफगानिस्तानमा अमेरिकी सेनाको विशेष फौजसँग काम गरेका यारले गोली चलाउँदा अतिरिक्त राइडशेयर सिफ्टमा काम गरिरहेका थिए।
प्रहरीले सार्वजनिक गरेको भिडियोमा उनलाई गोली हानेको केही समयपछि ४ जना व्यक्ति घटनास्थलबाट भागेका देखिएको छ। शंकास्पद व्यक्तिको नाम भने खुलाइएको छैन।
सीएनएनका अनुसार अहमद यारले सन् २०२१ मा अफगान सरकार ढलेपछि आफ्नो परिवारलाई अमेरिका ल्याएका थि । क्राउडफन्डिङ पेजका अनुसार उनी आफ्नी श्रीमती र १५ महिनादेखि १३ वर्षसम्मका ४ सन्तानका लागि एक मात्र कमाइको स्रोत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।