• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एनआरएनए एकताको साधारण सभा अगष्ट १२ मा, जुट्ला त फुटेको गैरआवासीय नेपालीहरुको संगठन?

64x64
ईश्वर बराल शनिबार, असार २३, २०८०  २०:१२
1140x725

काठमाडौं– गैरआवासीय नेपाली संघको १०औं केन्द्रीय महाधिवेशनबाट दुई फ्याक रहेको प्रवासी नेपालहरुको संगठनको एकता हुने भएको छ।  जसका लागि १२ अगष्टमा दुवै पक्षहरुको एकताको साधारण सभा हुन लागेको छ।

कसरी फुट्न पुगेको थियो? 
यसलाई बुझ्न २०७८ को चैतमा पुग्नुपर्छ। विवादको कारण दशौं महाधिवेशन हुन सकेको थिएन। त्यो बीचमा उक्त संगठन भित्र स्पष्ट २ कित्ता थियो। र विवादको कारण थियो, प्रतिनिधि छनोट। र त्यसको केन्द्रमा थिए संरक्षकसमेत रहेका एनआरएनएका पूर्व अध्यक्ष शेष घले र एनआरएनएका तत्कालीन अध्यक्ष कुमार पन्त। 

२०७८ को चैत ११ र १२ गते पन्त समूहले १०औं महाधिवेशन गराएर ३ जना अध्यक्ष चयन गर्‍यो। सो गुटभित्रको विवाद मिलाउन विधान सोझ्याएर अर्को महाधिवेशनसम्मका लागि रोटेसनमा अध्यक्षता गर्ने भन्दै कुल आचार्य, बद्री केसी र रविना थापालाई अध्यक्ष बनायो।

पन्त समूह भन्दा एक कदम अघि बढेर घले समूहले सोहि महिनाको ९ गते समानान्तर दशौं महाधिवशेन गरेर विनोद कुँवरलाई अध्यक्ष बनायो। पन्त समूहको उद्घाटन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी पुगेर गरेका थिए। यता घले समूहको उद्घाटनमा भने तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा पुगेका थिए।

यो समूहको वैधानिकताको मुद्दा पाटन उच्च अदालतमा अद्यापि विचाराधीन रहेको छ। 

कसरी मिल्ने ठाउँमा पुगे?
वैधानिकताको विषयले आकार नलिकन दुई समूहमा विभाजित एनआरएनहरु मिल्ने स्थितिमा पुगेका छन्। यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यस्थता गरेका छन्।

दुवैतर्फको समितिको तर्फबाट गठित वार्ता समितिको प्रयास पश्चात् १८ जुन २०२३ मा प्रधानमन्त्रीको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर गरिएको थियो।

दुवै पक्ष अब एकताको ११ औँ महाधिवेशन गर्ने तयारीमा छन्। पन्त पक्षका एक अध्यक्ष कुल आचार्यले प्रधानमन्त्रीको मध्यस्थतामा प्रवासी नेपालीहरु एक ठाउँमा आउन सहमत भएको बताउँछन्। प्रक्रियागत रुपमा चरणबद्ध ढङ्गले एकता प्रक्रिया अघि बढ्ने आचार्यको दाबी छ। 

Ncell 2
Ncell 2

‘हाम्रै पहलमा वार्ता कमिटी बनाएर प्रधानमन्त्रीको मध्यस्थतामा एउटा सहमति भएको छ। अब १२ अगष्टमा एकताको साधरण सभा हुन्छ। चरणबद्धरुपमा एक हुँदै जाने भन्ने हामीबीच सहमति भएको छ,’ आचार्यले नेपाल लाइभसँग कुरा गर्दै भने।

उक्त सहमतिपछि दुवै पक्षका महासचिवहरुले विज्ञप्ति निकालेर एकताको महाधिवेशन गर्न मातहतका इकाइहरुलाई निर्देशन दिएका छन्। र हुन लागेको राष्ट्रिय परिषद्को बैठकको  तयारी गर्न आग्रह समेत गरेका छन्। 

संस्थापन पक्षका महासचिव गौरिराज जोशी र डा केशव पौडेलले एक विज्ञप्ति प्रकाशित गरी एकताको सन्देश प्रवाह हुने किसिमले अधिवेशन गर्न निर्देशन दिएका छन्। 

‘दुई पक्षबीच गरिएका सहमतिलाई अक्षरश: कार्यान्वयन गर्दै एकताको ११ औं केन्द्रीय महाधिवेशन तथा विश्वभर रहेका सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्‌मा एकताको महाधिवेशन सम्पन्न गर्नु हामी सबैको दायित्व हो। तसर्थ संघको राष्ट्रिय समन्वय परिषद्लाई  आवश्यक समन्वय, सहकार्य र एकता कायम गर्दै राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न अनुरोध साथ निर्देशन गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ। 

सो विज्ञप्तिमा ‘एनआरएनएको गौरवपूर्ण इतिहासलाई कायम गर्ने किसिमले’ संगठनको एकताको सन्देश प्रवाह गर्न आग्रह गरिएको छ। ‘गैरआवासीय नेपालीको एकता, आपसी सद्‌भाव, भ्रातृत्व कायम गर्दै संघको २०औं वर्षको स्वर्णिम इतिहासलाई स्मरण गर्दै आगामी दिनहरुमा संघलाई अझ उचाईमा पुर्‍याउन थप एकता र सहमतिसहित सबै राष्ट्रिय समन्वय परिषदमा एकताको सन्देश प्रवाह गर्नुहुन सबैलाई हार्दिक अनुरोध गर्दछौं,’ जोशी र पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। 

यस्तै,  कुँवर समूहकी महासचिव जानकी गुरुङ्गले पनि शुक्रबार एक विज्ञप्ति जारी गरेकी छन्। विज्ञप्तिमा २०२३ को अगष्ट १२ मा एकताको विशेष साधारण सभा गर्न लागिएको भन्दै मातहतका परिषद्हरुलाई  सूचित गरेकी छन्। 

‘संघमा भएको विभाजनलाई अन्त गरी एकताको महाधिवेशनतर्फ उन्मुख भएको वर्तमान अवस्थामा सामूहिक बैठक बसी दुवैपक्षको विधानलाई छलफल गर्न र सहमतिका बुँदाहरूलाई अनुमोदन गरी असहमत भएका बुँदाहरूलाई छलफल गरी अभिलेखिकरण गर्न १२ अगष्टमा विशेष साधारण सभा गरीने पनि जानकारी गराउन चाहन्छु,’ विज्ञप्तिमा उल्लेख छ।

दुई पक्षबीच गरिएका सहमतिलाई अक्षरश: कार्यान्वयन गर्दै एकताको ११ औं केन्द्रीय महाधिवेशन तथा विश्वभर रहेका सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरुमा एकताको महाधिवेशन सम्पन्न गर्ने गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्मा सदस्यता वितरण प्रक्रिया समाप्त भएका मुलुकहरुको हकमा समानान्तर रूपमा गठन भएका समितिहरुले वितरण गरेको सदस्यतालाई आपसी समझदारीमा क्षेत्रिय संयोजक, सहसंयोजक, र दुबै पक्षका एनसिसिका कार्यसमिति बसि आपसी सहकार्य गरी समायोजन गर्न र सदस्यता वितरण प्रक्रिया समाप्त नभएका देशहरुमा पनि वितरण समिति, निर्वाचन समिति, महाधिवेशन अनुगमन समिति लगायतका विभिन्न समितिहरुमा बराबरी प्रतिनिधित्व गराउदै सदस्यता वितरण एवम महाधिवेशन आयोजना गर्न दुइ पक्ष सहमत भएका छन्। 

विज्ञप्तिले द्विविधा
केन्द्रीय नेतृत्वबीच एकताको महाधिवेशन गर्ने सहमति भए पनि मातहतका इकाइमा भने द्विविधा कायमै रहेको पाइएको छ। एनआरएनए युकेमा दुवै पक्षले जुलाईमै छुट्टा–छुट्टै महाधिवेशनको तयारी गरिरहेका छन्। स्पष्ट दुई समूह रहेको युकेमा केन्द्रमा गरिएको सहमतिको कुनै असर देखिएको छैन। 

यता, अध्यक्ष आचार्य भने अब कुनै द्विविधामा नरही एकताका गतिविधि अगाडि बढाइने बताउँछन्।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  २०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’ सर्वोच्च अदालतले सडक विस्तार रोक्न आदेश दिइसक्दा पनि सरकारले संरचना भत्काउन थालेपछि उनले सामाजिक सञ्जाल एक्समार्फत् हेटौँडामा कानुनी... शनिबार, मंसिर २०, २०८२
नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता हो : राष्ट्रपति पौडेल ललितपुर महानगरको नवनिर्मित भवनको आज यहाँ आयोजित विशेष समारोहमा उद्घाटन गर्दै उनले प्रभावकारी सेवा प्रवाह र सुशासन कायम गर्नेतर्फ सबै... शनिबार, मंसिर २०, २०८२
हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू,५ सय सुरक्षाकर्मी परिचालन सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको... शनिबार, मंसिर २०, २०८२
ताजा समाचारसबै
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य शनिबार, मंसिर २०, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू,५ सय सुरक्षाकर्मी परिचालन शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्