• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

श्रम तथा रोजगार मन्त्रालयका के–के छन् नयाँ योजना?

64x64
नेपाल लाइभ शनिबार, असार २३, २०८०  २२:०२
1140x725

काठमाडौं– सरकारले एकीकृत श्रम र रोजगार सेवा (सञ्चालन र व्यवस्थापन) कार्यविधि, २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ।

श्रम तगा रोजगारमन्त्री शरतसिंह भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रालयले गरेका काम कारबाही प्रस्तुत गर्ने क्रममा उक्त कार्यविधि गत वैशाखमा स्वीकृत भई कार्यान्वयनमासमेत आएको जानकारी दिए।

सीप विकास, उद्यमशीलता, आप्रवासन सेवा, रोजगार सेवा लगायतका सबै प्रकारका श्रम र रोजगार सेवाहरु स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रबाट एकद्वार र एकीकृत रुपमा प्रदान गर्न सो कार्यविधि कार्यान्वयन गरिएको उनले बताए।

उक्त कार्यविधि अनुसार स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमार्फत् श्रम बजार सम्बद्ध सूचनाको संकलन तथा विश्लेषण गर्ने, आन्तरिक रोजगार प्रवर्द्धन, सीप र क्षमताको अन्तर विश्लेषण गरी रोजगारउन्मुख सीप प्रदान गर्न संयोजन तथा सञ्चालन, वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न आवश्यक सहजीकरण तथा परामर्शका लागि सहज हुने उनको भनाइ छ।

यस्तै राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणाली  निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको उनले बताए। उक्त प्रणालीबाट वैदेशिक रोजगारीमा जाने, फर्किने, आन्तरिक रोजगारी प्राप्त गर्ने, आन्तरिक श्रम शक्तिको माग, सीपयुक्त जनशक्तिको अवस्था र नेपालको श्रम बजारमा आवश्यक सीपयुक्त जनशक्ति समेतको तथ्यांकलाई एकीकृत गर्न सघाउ पुग्ने उनको भनाइ छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन
आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरी कार्यक्रम सञ्चालन गर्ने तयारी भएको उनले बताए। सो कार्यक्रममार्फत् २२० स्थानीय तहमा करिब १५,००० जनालाई कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उपयोगी तालिम प्रदान गरिने उनको भनाइ छ।

यही असार २१ गतेसम्म प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका ८ लाख ४९ हजार ३७९ जना बेरोजगारमध्ये ७९,१७२ जनालाई रोजगार प्रदान गरिएको छ। 

जुनसुकै बाटोबाट विदेश गए पनि श्रम स्वीकृति
मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने सही बाटो र सही तरिका पहिचान गर्न नसकेर २० हजार जना ठगीमा परेको मुद्दा अदालतमा रहेको जानकारी गराएका छन्। 

Ncell 2
Ncell 2

साथै आगामी दिनमा र सरकारले ठगीका समस्या आउन नदिन विभिन्न नीति कार्यान्वयनमा ल्याउनपर्ने उनको भनाइ छ। यस्ता ठगी हुन नदिन ठगी गर्ने दोषीलाई छानबिन गरी विभागले कारबाही गर्नुपर्ने र स्थानीय तहमा ठगी भएमा स्थानीय तहलेसमेत कारबाही गर्नुपर्ने उनले बताए।

‘कमसेकम जिल्ला प्रशासनले कारबाही गरे जिल्लामा समस्या समाधान हुन्छ,’ उनले भने। जुनसुकै नेपाली जुनसुकै बाटोबाट जुनसुकै मुलुकमा गए पनि त्यसलाई श्रमस्वीकृति दिएर लिगलाइज गर्नुपर्ने मन्त्री भण्डारीको भनाइ छ।

अन्तर्राष्ट्रिय श्रम बजारको माग बमोजिमका तालिम
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग बमोजिमका तालिमहरु सञ्चालन गर्न आवासीय सुविधासहितको राष्ट्रिय व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान गठन गर्न बनेको गठन आदेश स्वीकृतिको अन्तिम चरणमा रहेको छ।

आगामी आर्थिक वर्ष २०८०/८१ मा मन्त्रालय मातहतका निकायहरुबाट ३० हजार जनालाई व्यावसायिक तथा सीप विकास तालिम प्रदान गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग अनुरुपको जनशक्ति निर्माणमा वैदेशिक रोजगार बोर्डबाट केही विद्यालयहरुमा सीप विकासको पाठ्यक्रम तयार गरी पाइलट प्रोजेक्टका रुपमा तालिम सञ्चालन गर्न लागिएको छ।

६ लाख सामाजिक सुरक्षा कोषमा आबद्ध
वैदेशिक रोजगारीमा रहेका श्रमिकमध्ये हालसम्म करिब १ लाख ७० हजारभन्दा बढी सूचीकरण भएको जानकारी दिए।  ‘यस कार्यको विस्तारको लागि थप श्रम गन्तव्य मुलुकमा सञ्चार तथा सहजीकरण प्रारम्भ भएको छ,’ उनले भने।

स्वदेशमा अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउन कार्यविधि स्वीकृत भइ कार्यान्वयनको चरणमा रहेको उनले बताए।

आगामी आर्थिक वर्ष २०८०/८१ को अवधिमा सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगारदाताको संख्या ३० हजार पुर्‍याउने तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकको संख्या १० लाख पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको बताए। 

हालसम्म १७,९८५ रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् भने ६ लाख २२ हजार ९३६ जना योगदानकर्ता सूचीकृत भएका छन्। 

९९ स्थानीय तहलाई बालश्रममुक्त घोषणा गर्न अनुदान
आगामी आर्थिक वर्ष २०८०/०८१ मा ३ हजार वटा प्रतिष्ठान निरीक्षण गर्ने, ३ हजार प्रतिष्ठानमा बालश्रम निरीक्षण गर्ने, ९९ वटा स्थानीय तहलाई बालश्रममुक्त स्थानीय तह घोषणाको लागि अनुदान उपलब्ध गराउने लक्ष्य तय गरी काम भइरहेको मन्त्री भण्डारीले जानकारी दिएका छन्। 

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित पहुँचयोग्य बनाउने उद्देश्यले व्यक्तिगत र पुन: श्रम स्वीकृतिसम्बन्धी सेवा सहजीकरण ७५३ वटै स्थानीयतहमा रहेको रोजगार सेवा केन्द्रमार्फत् हुने व्यवस्था गरिएको उनले जानकारी दिए।

नेपालको आन्तरिक श्रम प्रशासनको कामलाई चुस्त दुरुस्त र छिटो छरितो तरिकाले अनलाइन माध्यमबाट प्रवाह गर्न श्रमसम्बन्धी एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली बनाउने कार्य भइरहेको छ।

‘विशेषगरी ७५३ वटा स्थानीय तहलाई जोड्न सक्ने प्रणाली सफ्टवेयर ल्याउन प्रयास गरेका छौं। ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना भइसकेका छन्। कुन स्थानीय तहमा कति मानिस रोजगारविहीन छन्। उक्त सफ्टवेयरमा सम्पूर्ण विवरण हेर्न मिल्ने हुन्छ,’ उनले भने।

यस्तै वैदेशिक रोजगार नीति, २०६८, वैदेशिक रोजगार ऐन, २०६४ र श्रम ऐन, २०७४ लगायतका नीति तथा कानुनलाई समसामयिक परिमार्जन गर्न मन्त्रालय र सरोकारवालाको प्रतिनिधित्व हुने गरी विषयगत कार्यटोली गठन गरी कार्य प्रारम्भ भएको छ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  २२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस्
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE)
सम्बन्धित सामग्री
कोरियामा ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा रोक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत अदक्ष श्रमिक पठाउँदै आएको छ । त्यसबाहेक म्यानपावर कम्पनीमार्फत ई–७ भिसाअन्तर्गत... मंगलबार, भदौ ३१, २०८२
पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ११८० जना बाकसमा फर्किए बिहीबार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । उनले गत आवमा अघिल्लो वर्षको... बिहीबार, साउन १५, २०८२
श्रमिकको न्यूनतम ज्याला २२५० बढाउनुपर्ने, १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्युन्तम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिकक... बिहीबार, साउन १, २०८२
ताजा समाचारसबै
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
कांग्रेसलाई बदल्ने छाैँ, हामी पनि बदलिने छौँ : विश्वप्रकाश शर्मा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्