• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

श्रम तथा रोजगार मन्त्रालयका के–के छन् नयाँ योजना?

64x64
नेपाल लाइभ शनिबार, असार २३, २०८०  २२:०२
1140x725

काठमाडौं– सरकारले एकीकृत श्रम र रोजगार सेवा (सञ्चालन र व्यवस्थापन) कार्यविधि, २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ।

श्रम तगा रोजगारमन्त्री शरतसिंह भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रालयले गरेका काम कारबाही प्रस्तुत गर्ने क्रममा उक्त कार्यविधि गत वैशाखमा स्वीकृत भई कार्यान्वयनमासमेत आएको जानकारी दिए।

सीप विकास, उद्यमशीलता, आप्रवासन सेवा, रोजगार सेवा लगायतका सबै प्रकारका श्रम र रोजगार सेवाहरु स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रबाट एकद्वार र एकीकृत रुपमा प्रदान गर्न सो कार्यविधि कार्यान्वयन गरिएको उनले बताए।

उक्त कार्यविधि अनुसार स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमार्फत् श्रम बजार सम्बद्ध सूचनाको संकलन तथा विश्लेषण गर्ने, आन्तरिक रोजगार प्रवर्द्धन, सीप र क्षमताको अन्तर विश्लेषण गरी रोजगारउन्मुख सीप प्रदान गर्न संयोजन तथा सञ्चालन, वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न आवश्यक सहजीकरण तथा परामर्शका लागि सहज हुने उनको भनाइ छ।

यस्तै राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणाली  निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको उनले बताए। उक्त प्रणालीबाट वैदेशिक रोजगारीमा जाने, फर्किने, आन्तरिक रोजगारी प्राप्त गर्ने, आन्तरिक श्रम शक्तिको माग, सीपयुक्त जनशक्तिको अवस्था र नेपालको श्रम बजारमा आवश्यक सीपयुक्त जनशक्ति समेतको तथ्यांकलाई एकीकृत गर्न सघाउ पुग्ने उनको भनाइ छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन
आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरी कार्यक्रम सञ्चालन गर्ने तयारी भएको उनले बताए। सो कार्यक्रममार्फत् २२० स्थानीय तहमा करिब १५,००० जनालाई कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उपयोगी तालिम प्रदान गरिने उनको भनाइ छ।

यही असार २१ गतेसम्म प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका ८ लाख ४९ हजार ३७९ जना बेरोजगारमध्ये ७९,१७२ जनालाई रोजगार प्रदान गरिएको छ। 

जुनसुकै बाटोबाट विदेश गए पनि श्रम स्वीकृति
मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने सही बाटो र सही तरिका पहिचान गर्न नसकेर २० हजार जना ठगीमा परेको मुद्दा अदालतमा रहेको जानकारी गराएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

साथै आगामी दिनमा र सरकारले ठगीका समस्या आउन नदिन विभिन्न नीति कार्यान्वयनमा ल्याउनपर्ने उनको भनाइ छ। यस्ता ठगी हुन नदिन ठगी गर्ने दोषीलाई छानबिन गरी विभागले कारबाही गर्नुपर्ने र स्थानीय तहमा ठगी भएमा स्थानीय तहलेसमेत कारबाही गर्नुपर्ने उनले बताए।

‘कमसेकम जिल्ला प्रशासनले कारबाही गरे जिल्लामा समस्या समाधान हुन्छ,’ उनले भने। जुनसुकै नेपाली जुनसुकै बाटोबाट जुनसुकै मुलुकमा गए पनि त्यसलाई श्रमस्वीकृति दिएर लिगलाइज गर्नुपर्ने मन्त्री भण्डारीको भनाइ छ।

अन्तर्राष्ट्रिय श्रम बजारको माग बमोजिमका तालिम
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग बमोजिमका तालिमहरु सञ्चालन गर्न आवासीय सुविधासहितको राष्ट्रिय व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान गठन गर्न बनेको गठन आदेश स्वीकृतिको अन्तिम चरणमा रहेको छ।

आगामी आर्थिक वर्ष २०८०/८१ मा मन्त्रालय मातहतका निकायहरुबाट ३० हजार जनालाई व्यावसायिक तथा सीप विकास तालिम प्रदान गर्ने कार्यक्रम रहेको छ।

Xtrem

Xtrem

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग अनुरुपको जनशक्ति निर्माणमा वैदेशिक रोजगार बोर्डबाट केही विद्यालयहरुमा सीप विकासको पाठ्यक्रम तयार गरी पाइलट प्रोजेक्टका रुपमा तालिम सञ्चालन गर्न लागिएको छ।

६ लाख सामाजिक सुरक्षा कोषमा आबद्ध
वैदेशिक रोजगारीमा रहेका श्रमिकमध्ये हालसम्म करिब १ लाख ७० हजारभन्दा बढी सूचीकरण भएको जानकारी दिए।  ‘यस कार्यको विस्तारको लागि थप श्रम गन्तव्य मुलुकमा सञ्चार तथा सहजीकरण प्रारम्भ भएको छ,’ उनले भने।

स्वदेशमा अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउन कार्यविधि स्वीकृत भइ कार्यान्वयनको चरणमा रहेको उनले बताए।

आगामी आर्थिक वर्ष २०८०/८१ को अवधिमा सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगारदाताको संख्या ३० हजार पुर्‍याउने तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकको संख्या १० लाख पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको बताए। 

हालसम्म १७,९८५ रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् भने ६ लाख २२ हजार ९३६ जना योगदानकर्ता सूचीकृत भएका छन्। 

९९ स्थानीय तहलाई बालश्रममुक्त घोषणा गर्न अनुदान
आगामी आर्थिक वर्ष २०८०/०८१ मा ३ हजार वटा प्रतिष्ठान निरीक्षण गर्ने, ३ हजार प्रतिष्ठानमा बालश्रम निरीक्षण गर्ने, ९९ वटा स्थानीय तहलाई बालश्रममुक्त स्थानीय तह घोषणाको लागि अनुदान उपलब्ध गराउने लक्ष्य तय गरी काम भइरहेको मन्त्री भण्डारीले जानकारी दिएका छन्। 

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित पहुँचयोग्य बनाउने उद्देश्यले व्यक्तिगत र पुन: श्रम स्वीकृतिसम्बन्धी सेवा सहजीकरण ७५३ वटै स्थानीयतहमा रहेको रोजगार सेवा केन्द्रमार्फत् हुने व्यवस्था गरिएको उनले जानकारी दिए।

नेपालको आन्तरिक श्रम प्रशासनको कामलाई चुस्त दुरुस्त र छिटो छरितो तरिकाले अनलाइन माध्यमबाट प्रवाह गर्न श्रमसम्बन्धी एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली बनाउने कार्य भइरहेको छ।

‘विशेषगरी ७५३ वटा स्थानीय तहलाई जोड्न सक्ने प्रणाली सफ्टवेयर ल्याउन प्रयास गरेका छौं। ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना भइसकेका छन्। कुन स्थानीय तहमा कति मानिस रोजगारविहीन छन्। उक्त सफ्टवेयरमा सम्पूर्ण विवरण हेर्न मिल्ने हुन्छ,’ उनले भने।

यस्तै वैदेशिक रोजगार नीति, २०६८, वैदेशिक रोजगार ऐन, २०६४ र श्रम ऐन, २०७४ लगायतका नीति तथा कानुनलाई समसामयिक परिमार्जन गर्न मन्त्रालय र सरोकारवालाको प्रतिनिधित्व हुने गरी विषयगत कार्यटोली गठन गरी कार्य प्रारम्भ भएको छ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  २२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्