काठमाडौं– नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बैठक सकिएको छ। पार्टी केन्द्रीय कार्यालयको आयोजनामा शुक्रबारदेखि सुरु भएको बैठक शनिबार सम्पन्न भएको हो।
उक्त बैठकमा जिल्ला सभापतिहरुले १४ बुँदे आन्तरिक प्रतिबद्धता पारितसमेत गरेका छन्। बैठकमा विभिन्न जिल्लाका सभापतिहरुको सहभागिता रहेको थियो।
महामन्त्रीद्वष गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकाबाट आएका सुझावहरुलाई पार्टी तहमा छलफल गरी आवश्यकता अनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेलामा पार्टीको अनलाइनमार्फत् सदस्यता लिने, नवीकरण लगायतका विषयमा छलफल भएको थियो। सहभागी जिल्ला सभापतिहरुले पार्टी विधि र विधानअनुसार चल्न नसकेको भन्दै आलोचनासमेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।