काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टचारको छानबिन गर्ने भनेको नाटक मात्रै रहेको बताएका छन्।
एमाले निकट अखिलले आयोजना गरेको स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त आरोप लगाएका हुन्।
‘भ्रष्टचारको छानबिन गरेको नाटक गर्ने। यो अहिले नाटक मात्रै हो ललिता निवासको प्रकरण। यो पनि नाटक मात्रै हो। आफूलाई हिरो देखाउन, स्टण्ड गरेको मात्रै हो। यो भ्रष्टचारी विरोधी देखिने राजनीतिक स्टण्ड हो। अरु केही पनि गर्दैन यो सरकारले,’ अध्यक्ष ओलीले आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।