काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वतमान सभामुख अग्निप्रसाद सापकोटा कानुन र संविधान अनुसार नभएर प्रचण्डको आदेश अनुसार चल्ने गरेको आरोप लगाएका छन्।
एमाले निकट अखिलले आयोजना गरेको स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त आरोप लगाएका हुन्।
‘यहाँ संघीय संसद्का अघिल्ला सभामुख अग्निप्रसाद सापकोटा कानुन र संविधान अनुसार होइन प्रचण्डका आदेश अनुसार मात्रै चल्नु हुन्थ्यो,’ ओलीले आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।