काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिबाट संविधान मिच्ने काम भएको आरोप लगाएका छन्।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटीले आयोजना गरेको स्ववियु काउन्सिल नेपालको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त आरोप लगाएका हुन्।
‘मन्त्रिपरिषद्बाट विद्येयक प्रमाणीकरण गरिपाउँ भनेर विश्वको इतिहासमा कहिँ पनि हुँदैन। यति असंवैधानिक उत्ताउलो काम दुनियाँमा कहिँ पनि भएको छैन, नेपालमा भयो। सम्माननीय राष्ट्रपति जी संविधान मिच्न उत्ताउलिएर अगाडि सार्नु भो। उहाँले सत्ताको पक्षपोषण गर्नुभयो। यो दुःखद कुरा हो। सत्ताको पक्ष लिनलाई राष्ट्रपतिले संविधान मिच्नु भो,’ अध्यक्ष ओलीले आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।