काठमाडौं– शुक्रबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। प्रतिपक्षीद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै अवरोध कायम रहेपछि शुक्रबारको बैठक स्थगित गरिएको हो।
सूचना टाँस गरेर अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेगरी शुक्रबारको बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ। आइतबार बस्नेगरी आजको बैठक स्थगित गर्ने निर्णय कार्यव्यवस्था परामर्श समितिले गरेको थियो।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रमुख विपक्षीबीच छलफल गरेर शनिबारसम्म सहमति गर्न निर्देशन दिएका छन्।
संसद् अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याज सम्बन्धी) निष्क्रिय हुनु राम्रो नभएको र एउटा निष्कर्षमा पुग्नेपर्ने भएकाले आइतबारका लागि बैठक सारिएको हो।
![356566598_657027429293524_8825006193080981726_n1688722183.png](https://nepallive.net/uploads/posts/356566598_657027429293524_8825006193080981726_n1688722183.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।